महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा २७ जना घाइते « Khabarhub

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा २७ जना घाइते


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– पिपरामा ट्रयाक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। मुस्लिम समुदायको मोहर्रम पर्वका अवसरमा पिपरा गाउँपालिकामा लागेको ताजिया मेला हेर्न जाने यात्रु बोकेको ट्रयाक्टर दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार बिहीबार अपराह्‍न ४ बजे जलेश्वर नगरपालिका-६ धबौली गाउँबाट ज १ त ८०४४ नम्बरको ट्रयाक्टरमा पिपरा गाउँपालिका-५ मा लागेको दाहा मेला हेर्न गइरहेका वेला २७ जना जलेश्वर नपा-९ स्थित परिकौली चोकनजिकै दुर्घटनामा  परेका हुन्।

चालकले तीव्र गतिमा ट्रयाक्टर कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २६ जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि जनकपुर लगिएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये धेरैको हातखुट्टामा चोट लागेको छ भने केहीको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ। दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ६ : ४८ बजे

जलवायु न्याय, समावेशिता र नेपालको प्राथमिकतामाथि बहस

काठमाडौं – विश्वव्यापी जलवायु सङ्कटका चुनौती र अन्तरराष्ट्रिय जलवायु सम्मेलन

बैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा

काठमाडौँ- सरकारले बैकुण्ठ प्रसाद अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल

काठमाडौं – वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा

एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पुस २५ गतेदेखि

हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ

हङकङ – हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरवाही गरेको आरोपमा