मन्त्रीहरूलाई महरको सुझाव- खादा र माला धेरै भयो, अब जनतालाई राहत चाहियो « Khabarhub

मन्त्रीहरूलाई महरको सुझाव- खादा र माला धेरै भयो, अब जनतालाई राहत चाहियो


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले नवगठित सरकारका मन्त्रीहरूलाई सिंहदरबारमा खादा, माला र बधाई थाप्नुभन्दा बाढीपहिरोबाट प्रभावितको उद्धारमा खट्न आग्रह गरेका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता महरले मन्त्री नियुक्त भएको हप्तौँसम्म खादा र मालामै व्यस्त भएर समय खेर फाल्नु गलत भएको बताए ।

‘सिंहदरबार कामकाजी अड्डा हो। त्यसलाई त्यहीअनुरूप प्रयोग गर्नुपर्छ। मन्त्रालयबाट जनताको काम गर्नुपर्छ। सम्मान थाप्ने रहर भए निजी निवासमा बोलाउँदा हुन्छ’, उनले भने, ‘जनता विपद्को सामना गरिरहेका बेला सरकार राहत तथा उद्धारमा सक्रिय हुनुपर्छ ।’

महरले नयाँ सरकारलाई हिजोको जस्तो गल्ती गर्ने छुट नभएको बताएका छन्। जनअपेक्षा र आफ्नो प्रतिबद्धताअनुरूप सरकारमा सहभागी दुई ठूला दल कांग्रेस-एमालेले काम गर्नुपर्ने उनको धारणा छ।

‘नयाँ सरकार निर्माण हुँदै गर्दा भएको राजनीतिक सम्झौता अनुसार काम गर्नुपर्छ। भ्रष्टाचार अन्त्य, सुशासन, दिगो विकास, आर्थिक सुदृढीकरण, समृद्धि र जनताको जनजीविकाका सवालमा सरकार गम्भीर हुनुपर्छ’, उनले भने,‘युवालाई देशमै रोकेर उनीहरूको श्रम देश निर्माणमा सदुपयोग गर्नेतर्फ सरकार जिम्मेवार हुनुपर्छ।’

दुई ठूला दल एक ठाउँमा आउँदा जनतामा आसा जागेको र जनअपेक्षा अनुसार काम गर्न नसकेमा कांग्रेस-एमालेप्रति वितृष्णा पैदा हुने उनको चिन्ता छ।

देश बाढीपहिरोबाट प्रभावित भएर कयौं जनताले ज्यान गुमाउनु परेको र हजारौं बिस्थापित भएको अवस्थामा सरकार पूर्ण रुपले राहत तथा उद्धारमा केन्द्रित हुनुपर्ने उनले बताए।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  २ : १३ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका