जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

दाङ–  ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-७ राजापुर बस्ने सल्यान त्रिबेणी गाउँपालिका-४ फालाबाङ घर भएका ३६ वर्षीय जगत रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रावतले ती महिलालाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

डडेल्धुरा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्शुराम नगरपालिका-१ स्यालकोट बस्ने ३३ वर्षीय भिम बहादुर कठायतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

कठायतले ती बालिकालाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ३ : १९ बजे

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी