उपसभामुखको जवाफ : सेवाभावले पत्र लेखेँ, अमेरिकासँग भिसा मागेको होइन | Khabarhub Khabarhub

उपसभामुखको जवाफ : सेवाभावले पत्र लेखेँ, अमेरिकासँग भिसा मागेको होइन


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले कसैलाई पनि भिसा दिलाउन भन्दै आफूले नेपालस्थित अमेरिकी दूतावासलाई पत्र नलेखेको बताएकी छन् ।

रानाले १७ महिनाअघि अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि समय मिलाउन लेखिएको पत्रलाई लिएर आएका समाचारप्रति शुक्रबार आफ्ना धारणा सार्वजनिक गरेकी हुन् ।

‘गत वर्ष २०२३ मार्चमा युएन कमिशन अन स्टाटस अफ उमेन (यएन सीएसडब्लु) सम्मेलनसँगै समानान्तर रूपमा आयोजना हुने एनजीओसीएसडब्लु ६७ मा सहभागिताको लागि म लगायत सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरी जाने क्रममा यात्राअवधि छोटो थियो । तर दूतावासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेकोमा अन्तर्वार्ताको लागि एकै दिन दूतावासलाई अन्तर्वार्ता मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ’, उनले भनेकी छन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वःनिर्णय दूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्छ । मैले कसैको भिसाको लागि अनुरोध गरेको छैन । उक्त सम्मेलनमा सहभागी भइसकेपछि पनि म अन्य कार्यक्रमको सिलसिलामा अमेरिकासहितका मुलुकको यात्रा गरिरहेको छु ।’

उनले उपसभामुखको जिम्मेवारी बहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनी आएको अनुरोधलाई स्वीकार गरी लेखिएको पत्र पदीय मर्यादा अनुरुप भएन भनी आइरहेका प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

‘मलाई माया र सद्भाव राखी सचेत गराउन खोज्नु भएका सञ्चारकर्मी लगायत अन्य शुभेच्छुक, शुभचिन्तकजनप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु’, उनले भनेकी छन्, ‘तर मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु मविरुद्ध नियोजित कदम रहेको देखिन्छ ।’

उनले आजसम्म सम्मानित सदन र पदको गरिमामा आँच आउने गरी कुनै पनि काम नगरेको र नगर्ने पनि प्रतिवद्धता जनाएकी छन् ।

‘उपसभामुखका रूपमा मैले अमेरिका लगायत अन्य देशमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा नेपालको प्रतिनिधित्व गर्दै समानता, सामाजिक न्याय र पिछडिएका वर्गको तर्फबाट निरन्तर आवाज उठाइरहेको जगजाहेर छ’, उनले भनेकी छन् ।

उनले आफ्नो काम विश्वभर परिचित रहेको पनि जिकिर गरेकी छन् । ‘मेरो काम विश्वभर परिचित छ। मैले गरेका कामहरूबाट बालबालिकाको क्षेत्रको नोबेल पुरस्कारलगायत थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित हुने अवसर पनि पाएको छु । मैले पाएका पुरस्कारका सबै रकमहरू मैले आफूले गरिरहेको सामाजिक सेवामा नै समर्पण गरेको इतिहास सबैको सामुन्ने नै छ’, उनले भनेकी छन् ।

के थियो पत्रमा ?

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी रानाले २६ फेब्रुअरी २०२३ मा लेखेको एउटा पत्र अहिले भाइरल भएको थियो । उनले आफूसहित ६ जनालाई भिसा र अन्तर्वार्ताका लागि दूतावासमा पत्र लेखेकी थिइन् ।

आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको पत्रमा उनले आफूसहित उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङका लागि उनले न्यूयोर्कमा हुने कार्यक्रममा जान भिसा लगाइदिन भनेकी थिइन् ।

रानाले युएन उमेनको न्यूयोर्कमा हुने ६ मार्च २०२३ देखि १७ मार्चा २०२३ सम्म हुने सीएसडब्लु६७ मा भाग लिनका लागि भिसा दिन अमेरिकी दूतावाससमक्ष सिफारिस गरेकी थिइन् ।

‘म आउँदो ६ मार्च देखि १७ मार्चसम्म अमेरिकाको न्यूयोर्कमा आयोजना हुने एनजीओ सीएसडब्लु६७ फोरममा जान लागिरहेकी छु’, उनले पत्रमा भनेकी थिइन्, ‘उक्त कार्यक्रमको अतिव्यस्त तालिकाका कारण म आफ्नो टीमका सदस्य, सांसद र सहयोगीहरू सबैजनाको अन्तर्वार्ता एकै दिन मिलाइन दिन पनि अनुरोध गर्न चाहन्छु ।’

उनले उक्त पत्रमा युएन उमेनको उक्त कार्यक्रम नेपालबाट जाने सबै प्रतिनिधिका लागि एकदमै महत्वपूर्ण रहेको जिकिर गरेकी थिइन् । रानाले यस कार्यक्रम महिला सशक्तीकरण विकासमा सहयोग पुग्ने तर्कसहित अमेरिकाबाट आएको निम्तोको सराहना गरेकी थिइन् ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ३ : ४५ बजे

दरौँदी यातायातको यात्रुबस शुक्रबार रातिदेखि सम्पर्कविहीन

काठमाडौं– दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन भएको

स्पेनिस ला लिगा : ओसासुनासँग बार्सिलोना स्तब्ध

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ओसासुनासँग स्तब्ध भएको छ

देवघाटधामसहित थुप्रै संरचना बाढीको जोखिममा

तनहुँ– बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण तनहुँको धार्मिक तीर्थस्थल

इंग्लिस प्रिमियर लिग : पालमरको चार गोलमा चेल्सीको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा कोल पालमर ले पहिलो हाफमा नै चार

बाढी–पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं– भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९