प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो ३१ बुँदे सुझावपत्र (पूर्णपाठ) « Khabarhub

प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो ३१ बुँदे सुझावपत्र (पूर्णपाठ)


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने कामको सूचीसहित सुझावपत्र दिएको छ ।

एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई शुक्रबार भेटेर सुझावपत्र बुझाएको हो ।

सुझावपत्रमा सरकारले तत्कालै चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्न सकिने कामको सूची छ ।

सुझावपत्रमा झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा प्राप्त सुझावदेखि जनताको निराश चिर्न र आर्थिक क्षेत्रलाई चलायमान बनाउन सरकारले गर्नुपर्ने काम समेटिएको छ ।

नेपाली कांग्रेससँगको सहमतिपछि अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनु डेढ साताअघि एमालेले गत असार २१ गते सरकारले आगामी ३ वर्षभित्र गर्नुपर्ने कामबारे सुझाव दिन उपमहासचिप प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

कार्यदलले ३३ वटै विभागसँग सरकारले गर्नुपर्ने कामबारे सुझावसहित प्रतिवेदन मागेको थियो ।

तिनै प्रतिवेदनका आधारमा एमालेले सरकारलाई सुझावपत्र बुझाएको हो । सुझावपत्र महासचिव पोखरेल र उपमहासचिव एवम् कार्यदल संयोजक ज्ञवालीले ओलीलाई बुझाए ।

उपमहासचिव ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई सुझावपत्र बुझाइएको बताए ।

ज्ञवालीका अनुसार असार २१ गते बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० ठोस कार्यक्रमसहित ३१ बुँदे सुझाव बुझाइएको छ ।

बैठकले सात दिनको समयसीमा तोकेर प्रधानमन्त्रीलाई सुझाव दिन विभागहरूलाई निर्देशन दिएको थियो ।

प्रतिनिधिमण्डले सुशासन, विकास निर्माणका कामलाई तीव्रता, रोजगारी सृजना, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धिदर गर्ने विषय, सेवा प्रवाहमा सहजता, जटिल प्रशासनिक प्रक्रियालाई सहज बनाउने लगायत विषयलाई समेटेर सुझाव दिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीकै निर्देशनमा एमालेले कार्यदल बनाएको थियो ।

कार्यदलको प्रतिवेदन बुझेपछि प्रधानमन्त्री ओलीले आफू पार्टी अध्यक्ष भए पनि अहिले सरकारका तर्फबाट एमालेको सुझावपत्र बुझेको बताए ।

सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले तिनलाई कार्यान्वयन गर्ने बताएका छन् ।

‘एमालेले हामीलाई भन्न पनि पाउँछ । पोहोर साल यो दिएको थियो, यो चाहिँ तपाईंहरूले गर्नु भएन भन्न पाउनु हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ८ अठोट पूरा गर्नेगरी सरकार अगाडि बढेको छ। ’

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ४ : ५७ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष