प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो ३१ बुँदे सुझावपत्र (पूर्णपाठ) | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो ३१ बुँदे सुझावपत्र (पूर्णपाठ)


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने कामको सूचीसहित सुझावपत्र दिएको छ ।

एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई शुक्रबार भेटेर सुझावपत्र बुझाएको हो ।

सुझावपत्रमा सरकारले तत्कालै चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्न सकिने कामको सूची छ ।

सुझावपत्रमा झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा प्राप्त सुझावदेखि जनताको निराश चिर्न र आर्थिक क्षेत्रलाई चलायमान बनाउन सरकारले गर्नुपर्ने काम समेटिएको छ ।

नेपाली कांग्रेससँगको सहमतिपछि अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनु डेढ साताअघि एमालेले गत असार २१ गते सरकारले आगामी ३ वर्षभित्र गर्नुपर्ने कामबारे सुझाव दिन उपमहासचिप प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

कार्यदलले ३३ वटै विभागसँग सरकारले गर्नुपर्ने कामबारे सुझावसहित प्रतिवेदन मागेको थियो ।

तिनै प्रतिवेदनका आधारमा एमालेले सरकारलाई सुझावपत्र बुझाएको हो । सुझावपत्र महासचिव पोखरेल र उपमहासचिव एवम् कार्यदल संयोजक ज्ञवालीले ओलीलाई बुझाए ।

उपमहासचिव ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई सुझावपत्र बुझाइएको बताए ।

ज्ञवालीका अनुसार असार २१ गते बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० ठोस कार्यक्रमसहित ३१ बुँदे सुझाव बुझाइएको छ ।

बैठकले सात दिनको समयसीमा तोकेर प्रधानमन्त्रीलाई सुझाव दिन विभागहरूलाई निर्देशन दिएको थियो ।

प्रतिनिधिमण्डले सुशासन, विकास निर्माणका कामलाई तीव्रता, रोजगारी सृजना, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धिदर गर्ने विषय, सेवा प्रवाहमा सहजता, जटिल प्रशासनिक प्रक्रियालाई सहज बनाउने लगायत विषयलाई समेटेर सुझाव दिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीकै निर्देशनमा एमालेले कार्यदल बनाएको थियो ।

कार्यदलको प्रतिवेदन बुझेपछि प्रधानमन्त्री ओलीले आफू पार्टी अध्यक्ष भए पनि अहिले सरकारका तर्फबाट एमालेको सुझावपत्र बुझेको बताए ।

सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले तिनलाई कार्यान्वयन गर्ने बताएका छन् ।

‘एमालेले हामीलाई भन्न पनि पाउँछ । पोहोर साल यो दिएको थियो, यो चाहिँ तपाईंहरूले गर्नु भएन भन्न पाउनु हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ८ अठोट पूरा गर्नेगरी सरकार अगाडि बढेको छ। ’

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ४ : ५७ बजे

कांग्रेसलाई रास्वपाको प्रश्न : नीलो मफलर नलगाऊ कुन नियमावलीले भन्छ ?

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ नेपाली कांग्रेसलाई

रास्वपाले गृहमन्त्रीलाई भन्यो– रोष्ट्रमबाट धम्क्याउनुको अर्थ के हो ?

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा भण्डारी

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

गलकोट–  निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत

उत्तर कोरिया पुगेका रुसी सुरक्षा परिषदका सचिव शोइगु र सर्वोच्च नेता किमबीच भेटवार्ता

काठमाडौं– रुसी सुरक्षा परिषदका सचिव सर्गेइ शोइगु उत्तर कोरिया भ्रमणमा

सुदूरपश्चिममा संगठन सुदृढ-सक्रिय बनाउन जुट्यो एमाले, खटाइयो लीला र लालबहादुर 

धनगढी– नेकपा एमालेले सुदूरपश्चिमको सिंगो पार्टी संगठनलाई थप सुदृढ र