भेटिइनन् त्रिशूलीमा बेपत्ता सृष्टि, कुशको शव बनाएर अन्तिम संस्कार | Khabarhub Khabarhub

भेटिइनन् त्रिशूलीमा बेपत्ता सृष्टि, कुशको शव बनाएर अन्तिम संस्कार


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39.1k
Shares
  • change font
  • change font
  • change font

बारा- गत शुक्रबार बिहान चितवनको भरतपुर महागनरपालिका-२९ सिमलतालमा लेदोसहितको पहिरोले त्रिशूलीमा बस खस्दा बेपत्ता एक यात्रुको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।

त्रिशूलीमा बससँगै खसेको ८ दिन बितिसक्दा पनि अत्तोपत्तो नभएपछि बाराको कलैया उपमहानगरपालिका-१४ निवासी सृष्टि यादवको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको हो ।

घटनाको आठ दिन हुँदा पनि त्रिशूलीमा खसेकी सृष्टिको अवस्था पत्ता नलागेपछि अभिभावकले कुशको शव बनाएर हिन्दू परम्पराअनुसार उनको अन्तिम संस्कार गरेका हुन्

हिन्दू धार्मिक विधिअनुसार उनका परिवारले सृष्टिलाई सदाका लागि शुक्रबार बिदाइ गरेका छन् ।

त्रिशूलीमा बेपत्ता सृष्टि पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित स्वास्थ्य चौकीमा रेडियोग्राफर थिइन् । उनी लोकसेवाको परीक्षा दिन काठमाडौं जाँदे गर्दा दुर्घटनामा परिन् ।

सृष्टि सवार बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशूलीमा खसेका थिए ।

असार २८ गते बिहान ३ बजेको समयमा सिमतालमा पहिरोसँगै त्रिशूलीमा खसेका बसको अझै अत्तोपत्तो छैन । तर ती बसमा सवार २४ यात्रुको शव नारायणी नदीमा भेटिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ५ : १५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’