लोडसेडिङमा विभेद भयो, विद्युत चोर्नु अपराध | Khabarhub % % Khabarhub

विचार

लोडसेडिङमा विभेद भयो, विद्युत चोर्नु अपराध

गलत गर्ने नेता, व्यापारी र कर्मचारी कसैलाई छाड्नुहुँदैन


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

विद्युत उत्पादनतर्फ हाम्रो देशले उल्लेख्यनीय उपलब्धी हासिल गरेको छ । तर, हामीलाई जति विकास भए पनि नपुग्ने देश आज १८ घण्टे लोडसेडिङबाट त मुक्त भयो नि । यसमा अरु सुधार गर्न जरुरी छ, यसमा पुगेको छ भनेर म भन्दिनँ । हाम्रा अपेक्षाहरु पनि बढेका छन् ।

हामी सम्पूर्ण उद्योगी व्यवसायीले लोडसेडिङको समयमा समान रुपमा विद्युत पाउनुपर्छ, कसैलाई काखा कसैलाई पाखा गरिनुहुँदैन भन्यौं । बिराटनगरमा त्यसबेला केही हदसम्म काखा–पाखा गरिएको थियो । त्यसलाई एक्सपोज गर्न हामीले पनि मद्दत गरेका थियौं । काखा–पाखा हटाउन केही पहल पनि भयो र केही हटेन पनि । नेपाल हो, हरेक किसिमका चलखेल हुन्छन् ।

भारतबाट कति मेगावाट आउँदैछ र यहाँ कति वितरण हुँदैछ, त्यसको हिसाबमा तलमाथि भएको थियो । नेपालभरि नै विद्युतको दुरुपयोग हुँदैथ्यो, यो सबैलाई थाहा भएकै कुरा हो ।

आम मानिसका लागि जतिघण्टा लोडसेडिङ हुन्थ्यो, त्यति नहुनुपर्ने अवस्था थियो । तर, त्यति धेरै लोडसेडिङ गरियो, त्यो अलिकति गडबडी थियो ।

आम मानिसका लागि जतिघण्टा लोडसेडिङ हुन्थ्यो, त्यति नहुनुपर्ने अवस्था थियो । हामीले संकटका बेलामा विद्युत समान वितरण गरियोस् भनेर आन्दोलन नै गरेका थियौं । त्यसबेला धेरै उद्योगहरुमाथि विभेद भयो ।

त्यतिबेला १८ घण्टा लोडसेडिङ थियो, हुनुपर्थ्यो १२ घण्टा । हामीले संकटका बेलामा पाएको विद्युतलाई समानरुपमा वितरण गरियोस् भन्यौं । यसबारे हामीले आन्दोलन नै गरेका थियौं ।

त्यसबेला धेरै उद्योगहरुमाथि विभेद भयो । बढी उद्योगहरुमा १८ घण्टा लोडसेडिङ थियो भने केही उद्योगहरु २० घण्टासम्म चल्ने अवस्था थियो । त्यो त विद्युत प्राधिकरणले लाइन दिएर चलाएको हो । त्यसैले यसमा विभेद थियो । मेरो उद्योग १८ घण्टा बन्द छ, अर्काको उद्योग २० घण्टा चलिरहेको छ भनेपछि स्वाभाविक रुपमा लडाइँ हुने नै भयो । यो कुनै व्यक्तिगत रिसईबीको लडाइँ थिएन । संकटको समयमा राज्यका जिम्मेवार व्यक्तिहरुबाट समान रुपमा पाऊँ भन्ने उद्योगीहरुको माग थियो ।

कुलमान घिसिङ आएपछि उहाँले लोडसेडिङ व्यवस्थापन गर्नुभयो । उहाँले कतै हेलीकोप्टरबाट ल्याएको होइन, भएकै विजुलीलाई व्यवस्थापन गरेको हो । त्यसपछि हामीले विजुली पाउन थाल्यौं, सकिइहाल्यो । अहिले हामी सबैले विजुली पाइरहेका छौं ।

दोषीलाई कारवाही नहुँदा इमान्दारहरु निराश

जो मानिसबाट गल्ती हुन्छ, त्यसलाई निश्चित कारवाही गर्नुपर्ने हो । तर, गलत गर्ने मान्छेलाई हाम्रो देशमा कारवाही हुँदैन । कारवाही नगर्नका लागि धेरै प्यारामिटरले काम गर्छ । गलत काम गर्नेहरुलाई कारवाही भयो भनेर मैले चाहिँ यो व्यापारिक इतिहासमा पाएको छैन ।

विद्युत चोरी गर्नु भनेको पनि वित्तीय अपराध हो । गलत काम गरेको हो भने कारवाही हुनुपर्छ । जबसम्म हाम्रो देशमा गलत काम गर्ने चाहे नेता होस्, व्यापारी होस् या कर्मचारी होस्, त्यस्ता मान्छेलाई कारवाही नगरेर प्रोत्साहन दिइन्छ, सही काम गर्ने मान्छेहरु निरुत्साहित हुन्छन् । 

त्यत्रा नक्कली भ्याट बिलका काण्ड भए । बिजुली चोरीका काण्ड भए । त्यत्रा नक्कली चकलेट बिस्कुट नै छाप्ने काण्ड भए । कसलाई कारवाही भयो ? कसैमाथि कारवाही भएको सुन्नुभएको छ ? यहाँ त तपाई सानो त्रुटि गर्नोस्, तपाईमाथि कारवाही हुन्छ, तर गलत गर्नेमाथि कारवाही हुँदैन । तर, जुनसुकै समयमा कुनै मान्छेले अपराध गरेको छ भने कारवाही हुनुपर्छ ।

दोषीलाई कारवाही नहुँदा अहिले गलत काम गर्नेहरुको मनोबल एकदमै बढेको छ र इमान्दार मान्छेहरुको मनोबल घटेको छ । गलत गर्ने मान्छेहरुमाथि कारवाही हुनैपर्छ, त्यसमा जोसुकै मान्छे परोस् ।

विद्युत चोरी गर्नु भनेको पनि वित्तीय अपराध हो । मेरो भनाइ के हो भने कसैबाट गल्ती, भुल भएको हो भने माफी गर्नुपर्छ । गलत काम गरेको हो भने कारवाही हुनुपर्छ । जबसम्म हाम्रो देशमा गलत काम गर्ने चाहे नेता होस्, व्यापारी होस् या कर्मचारी होस्, त्यस्ता मान्छेलाई कारवाही नगरेर प्रोत्साहन दिइन्छ, सही काम गर्ने मान्छेहरु निरुत्साहित हुन्छन् । र, उनीहरुमा आशा नै जाग्दैन । र, देश नै निराशामा जान्छ ।

अहिले गलत गर्ने मान्छेले तस्करीबाट पैसा कमाए हुन्छ, सुन आयात गरे पनि हुन्छ, सुपारी आयात गरे पनि हुन्छ, जे पनि गर्न पुगेकै छ, उनीहरुमाथि के कारवाही भएको छ ? यो जबसम्म रोकिँदैन, खाली ठूलो ठूलो कुरा गरेर मात्र केही पनि हुँदैन ।

विद्युत क्षेत्रको विडम्बना

वास्तवमा विद्युत चाहियो, विद्युत नियमित गरिदिनुपर्‍यो भनेर माग राख्नुपर्ने स्थिति विश्वको कुनै देशमा छैन होला । यो त राज्यको दायित्व हो । राज्यको जुन निकायलाई सप्लायर बनाइएको छ, त्यो निकायको काम हो । यो कसैले डिमाण्ड गर्नुपर्ने कुरा नै होइन । जस्तै– पानी हामीलाई चाहियो भनेर आन्दोलन गर्नुपर्‍यो भने त्यो भन्दा नराम्रो कुरा अर्को केही हुन्छ ? यो त राज्यको दायित्व हो नि । स्वास्थ्य सेवा पनि राज्यको दायित्व हो ।

हामीकहाँ उद्योगी व्यापारीहरुको कस्तो अवस्था छ भने विद्युत पोल गाडिएन भने पनि हामीले नै पहल गर्नुपर्ने, बैंकको ब्याज बढ्यो भने पनि हामीले नै पहल गर्नुपर्ने । देशको अर्थतन्त्र बिग्रेको छ भने हामीले पहल गर्नुपर्ने ।

देशको अर्थतन्त्र बिग्रेको छ भने त जसले राज्यको जिम्मेवारी लिएर बस्नुभएको राजनीतिक पार्टीहरु हुनुहुन्छ, उहाँहरुले गर्ने हो । अर्थमन्त्रालय, उद्योग मन्त्रालयको जिम्मेवारी लिएर बस्नुभएकोहरुले गर्ने हो । उद्योग किन फष्टाउन सकेको छैन भनेर हेर्नका लागि त उद्योगमन्त्री बन्नुभएको छ देशमा । उहाँले बोल्नुपर्ने ठाउँमा यहाँ त हामीले घच्घच्याउनुपर्ने बाध्यता छ ।

मेरो उद्योगको पो मैले जिम्मेवारी लिने हो । ठीक छ, अहिले म उद्योग संगठन मोरङको अध्यक्ष छु, जिल्लाका सबैको कुरा गर्छु । नभए त म मेरो उद्योगलाई कसरी फस्टाउने भन्नेमा मैले फोकस दिनुपर्ने हो । तर, यहाँ त जसले जिम्मेवारी लिएर बस्नुभएको छ, उहाँहरु त्यो जिम्मेवारी लिनै असफल हुनुभएको छ ।

प्राधिकरणमा हाकिमवाद छ

अहिले वर्षायाम आइसकेपछि विद्युतको त्यति धेरै समस्या छैन । बीच–बीचमा बत्ती जानेचाहिँ अहिले पनि छ । निरन्तर विद्युत नहुँदाखेरि उद्योगलाई घाटा हुन्छ, यसमा प्राधिकरणले ध्यान दिन जरुरी छ ।
प्राधिकरणले हामीसँग डिमाण्ड शुल्क लिन्छ । यो भनेको कमिटमेन्ट शुल्क हो । यसरी कमिटमेन्ट शुल्क लिइन्छ भने विद्युत प्राधिकरणले उपभोक्तालाई दिनुपर्ने सेवा दिन असफल छ । विद्युत प्राधिकरणको गल्तीले गर्दा हाम्रो उद्योगमा घाटा हुन्छ भने त्यसको जिम्मेवारी प्राधिकरणले लिनुपर्छ ।

हामीले चाहिँ विद्युत नलिँदा पनि प्राधिकरणले डिमाण्ड शुल्क लिने, एक दिन ढिलो महसुल तिर्‍यो भने जरिवाना लिने, उहाँहरुले चाहिँ ३६५ दिन नै २४ सै घण्टा विद्युत दिन्छु भनेर जुन कमिटमेन्ट गर्नुभएको छ, त्यो पूरा नगर्दाखेरि यहाँहरुलाई चाहिँ कुनै जरिवाना नहुने ?

विद्युत प्राधिकरणलाई हाकिमवाद हैन, प्रत्येक शाखाका शाखा प्रमुखहरुले मार्केटिङ म्यानेजरका रुपमा आफ्ना उपभोक्तालाई सेवा दिन सक्नुपर्छ । हाकिमबाट मानसिकताबाट उहाँहरु बाहिर निस्कनुपर्छ   

जबसम्म प्राधिकरणलाई पनि केही पेनाल्टी लाग्ने सिस्टक हुँदैन, नोक्सानी हामीलाई भैरहन्छ । उहाँहरुलाई त केही पनि नोक्सानी भइरहेको छैन । त्यो नियम ल्याउनुपर्छ ।

हामी उपभोक्तालाई सेवा दिनुपर्ने विद्युत प्राधिकरणको दायित्व हो । तर, उहाँका एकजना पनि ग्राहकहरु खुशी छैनन् । सबैभन्दा पहिलो कुरा त ग्राहकलाई खुशी बनाउनुपर्‍यो नि । ग्राहकलाई खुशी बनाउन अहिलेसम्म विद्युत प्राधिकरण असफल छ ।

यसको मूल कारण के हो भने विद्युत प्राधिकरण नै ऊर्जा उत्पादक, विद्युत प्राधिकरण नै ऊर्जा वितरक, प्राधिकरण नै उर्जाको पैसा संकलक रहेको छ । यी जम्मै कुराहरु विद्युत प्राधिकरणको टाउकोमा छ । उसको कर्मचारीतन्त्र अहिले पनि पुरानै प्रकारको छ ।

विद्युत प्राधिकरणलाई हाकिमवाद हैन, प्रत्येक शाखाका शाखा प्रमुखहरुले मार्केटिङ म्यानेजरका रुपमा आफ्ना उपभोक्तालाई सेवा दिन सक्नुपर्छ । हाकिमबाट मानसिकताबाट उहाँहरु बाहिर निस्कनुपर्छ । किनभने हामीले विद्युत किने वापत पैसा बुझाउँछौं । हामी उहाँहरुको उपभोक्ता हो । हाकिमवाद उहाँहरुले त्याग्नुपर्छ र उपभोक्तावादी बन्नुपर्छ ।

नेपालमा किन हुन सकेन औद्योगीकरण ?

अहिले नेपालको अवस्था अचम्म तरिकाबाट बिग्रेको छ । हामी भूपरिवेष्ठित छौं । हाम्रो देशमा औद्योगीकरण किन भएन ? हामी तीन–चारवटा कुराबाट ग्रसित छौं ।

मानिसहरु देशबाट बाहिरिइरहेका छन्, हामीले आफ्नो उत्पादन कसलाई बेच्ने ? हाम्रो उत्पादन किन्ने उपभोक्ता नै बाहिर गइसके ।

पहिलो– मानिसहरु देशबाट बाहिरिइरहेका छन्, हामीले आफ्नो उत्पादन कसलाई बेच्ने ? हाम्रो उत्पादन किन्ने उपभोक्ता नै बाहिर गइसके । सरकारी तथ्यांकअनुसार दिनहुँ २५ सय, तीन हजार मान्छे विदेश गइरहेका छन् । इण्डिया कति गइरहेका छन्, कसैसँग तथ्यांक छैन । विदेशिने यो दर यस्तै कायम रहने हो भने अबको दुई–तीन वर्षपछिको अवस्था के होला ? भनेपछि हामी कसरी व्यवसाय बढाउन सक्छौं ? यो एकदमै ठूलो चुनौती छ ।

दोस्रो– हाम्रो देश उद्योग धन्दामा भन्दा पनि व्यापारमा आधारित छ । उद्योगका लागि हामीले कच्चा पदार्थ विदेशबाट, इण्डियाबाट मगाउनुपर्छ । यहाँ बनाएर कुनै चिज निकासी गर्नका लागि गुणस्तर नै विकास गर्न सकेका छैनौं । जस्तो– हाम्रो कृषि उत्पादनलाई उच्च मूल्यमा बेच्न सकिने बनाएर निकासी गर्‍यौं भने त्यो एउटा राम्रो आम्दानी हुन्छ, त्यो हामीले विकास नै गर्न सकेका छैनौं ।

तेस्रो– हामीकहाँ उद्योग किन चलेन त ? हामी विश्व व्यापार संगठनको शर्तमा गइसकेका छौं । भन्सार महसुल दिनानुदिन घटाउनुपर्ने हुन्छ, त्यो गर्न सकिँदैन । भनेपछि, हाम्रो देशको उद्योग किन चलोस् ? हामीसँग के छ ? मुख्य प्रश्न यही हो । हामीसँग उद्योग चलाउनका लागि विद्युत मात्रै छ ।

बैंकहरु साहु–महाजन जस्तै

खासगरी हामीकहाँ औद्योगीकरण नहुने कारण मुख्यतः दुईवटा छन् ।

एउटा– विद्युतको कमजोर गुणस्तर । उद्योगका लागि विद्युत भनेको रक्तसञ्चार हो । रक्त सञ्चार नै नभएपछि उद्योग चल्दैन ।

दोस्रो– उद्योग चल्नका लागि वित्तीय क्षेत्रको सपोर्ट चाहिन्छ । हामीकहाँ बैकिङ क्षेत्र साहु महाजन जस्ता भए । तपाईले गुगल गरेर हेर्दा पनि थाहा पाउनुहुन्छ, संसारभरका बैंकिङ क्षेत्रले अर्थतन्त्र बढाउनका लागि सेवाको काम गरिरहेका छन् । तर, हामीकहाँ बैंकिङ क्षेत्रले सर्भिसको हैन, साहु महाजनको काम गरिरहेका छन् । बैंकको नाफा बढेको बढ्यै छ, उद्योगी व्यापारीको नाफा घटेको घट्यै छ । यसमा ठूलो असन्तुलन छ ।

हाम्रो देशको वास्तविक अवस्था उहिले गाउँमा हुने साहु महाजनका पालाको जस्तै छ । प्रत्येक मान्छे ऋणमा डुबेको छ । सहकारीको ऋणमा छ, गाडीको ऋणमा छ । बैंकले अन्याय गरिरहेको छ । कोही बोल्नेवाला छैन ।

हाम्रो देशको वास्तविक अवस्था उहिले-उहिले गाउँमा हुने साहु महाजनका पालाको जस्तै छ । प्रत्येक मान्छे ऋणमा डुबेको छ । सहकारीको ऋणमा छ, गाडीको ऋणमा छ । बैंकले भएभरको कानूनविना, जे पनि अन्याय गरिरहेको छ । कोही बोल्नेवाला छैन ।

बैंकिङ क्षेत्र र विद्युतलाई जबसम्म अनुशासनमा ल्याइँदैन, तबसम्म देशको विकास हुँदैन ।

अर्को हाम्रो समस्या हो–कर । कसले कसलाई कर बुझाउने ? वडाले पनि लगाएको छ, स्थानीय सरकारले पनि लगाएको छ । प्रदेश कार्यालयले पनि लगाएको छ । कर कार्यालयले पनि लगाएको छ ।

अर्को–कानून । उद्योगीहरुलाई थुन्ने कानून छन् २१, २२ वटा । ती कानून देखाएर थुनिँदैन, ती कानून देखाएर हामीलाई ब्ल्याकमेलिङ गरिन्छ । हामीसँग पैसा ठगिन्छ । मेरो कम्पनीबाट बनेको कुनै प्रोडक्टमा त्रुटि भयो भने अध्ययन गरिँदैन, थुन्नेतिर जाने प्रचलन छ ।

(उद्योग संगठन मोरङका अध्यक्ष सुरानासँग खबरहबका लागि ध्रुव भट्टराईले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ५ : ४९ बजे

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं – ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको