विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालित « Khabarhub

विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालित


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि आठ सय ६८ जनाको फौज परिचालित भएको जनाएको छ ।

पहिराले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रीको खोज तथा उद्धारका लागि गोताखोरसहित नेपाली सेनाका एक सय ४२ जनाको टोली परिचालित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नदीको उच्च बहाव तथा धमिलो पानीको बाबजुद पनि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका संयुक्त टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिइरहेका छन् । खोजीको क्रममा उद्धार टोलीले शुक्रबार बिहानसम्म २३ जनाको शव फेला परेको छ । सोमध्ये नौ वटा शवको सनाखत हुन बाँकी छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते ६५ यात्री रहेको दुई वटा बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ६ : ०२ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी