सार्वजनिक ऋण जीडीपीको ४२.६५ प्रतिशत, एक वर्षमै थपियो १ खर्ब ३४ अर्ब « Khabarhub

सार्वजनिक ऋण जीडीपीको ४२.६५ प्रतिशत, एक वर्षमै थपियो १ खर्ब ३४ अर्ब


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको सार्वजनिक ऋण अनुमानित कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४२.६५ प्रतिशत पुगेको छ । ३.५४ प्रतिशत वृद्धिदर भए चालु आर्थिक वर्षमा नेपालको जीडीपी ५७ खर्ब ५ अर्ब १३ करोड रुपैयाँ हुने अनुमान छ ।

अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

यो आकारमा प्रतिवेदन पश्चात प्राप्त भएको, वैदेशिक मुद्राको विनिमयदर घटबढको हिसाब मिलान नभएको प्रारम्भिक तथ्याङ्क मात्रै भएकाले वार्षिक प्रतिवेदन तयार पार्दा फरक पर्न सक्ने कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनसम्म राज्यको जम्मा ऋण दायित्व २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रुपैयाँ थियो एकै वर्षमा १ खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ थप हुँदा यस्तो दायित्व २४ खर्ब रुपैयाँ नाघेको हो । जेठ महिनाको तुलनामा असारमा मात्रै ३२ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ ऋण थपिएको छ ।

आन्तरिकतर्फ ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख र वाह्यतर्फ १२ खर्ब ५२ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ ऋणभार छ ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म सरकारले ऋणको साँवा-ब्याज बापत  २ खर्ब २३ अर्ब ३४ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ । आन्तरिकतर्फ १ खर्ब ८२ अर्ब ६२ करोड ३३ लाख र वाह्यतर्फ ४० अर्ब ७२ करोड २१ हजार रुपैयाँ ऋण तिरेको हो ।

यस्तो छ लक्ष्य र प्राप्ति

सरकारले चालु आर्थिक वर्षभित्र ४ खर्ब ५२ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । असार मसान्तसम्म वार्षिक लक्ष्यको तुलनामा ७९.०८ प्रतिशत मात्रै ऋण प्राप्ति भएको छ ।

असार मसान्तसम्म कुल ३ खर्ब ५८ अर्ब २ करोड ९५ लाख रुपैयाँ ऋण प्राप्ति भएको कार्यालयले जानकारी दिएको हो । आन्तरिक ऋण प्राप्ति वार्षिक लक्ष्यको तुलनामा ९७.६८ र वाह्य ऋण प्राप्ति ५८.१० प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि ऋणको सेवा खर्चमा ३ खर्ब ३० अर्ब बजेट छुट्याएको थियो । विनियोजितमध्ये असार मसान्तसम्म ३ खर्ब ५ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

कार्यालयका अनुसार हाल नेपालमा कुल गार्हस्थ उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ५.३५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ६ : ५६ बजे

पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट

पाल्पा- लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे

चितवनमा सोमबारदेखि मौरी सम्मेल हुँदै

चितवन– मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तर्राष्ट्रियस्तरमा बहस गर्न

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’

बागलुङ– नेपाल पत्रकार महासङ्घ बागलुङद्वारा आयोजित ‘बागलुङ मिडिया मेला’ १०

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान सूचीकरण गर्ने

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई पुनः

भलिबलको एउटै टिममा परिचारका चार सदस्य

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका