पत्रकारिताले अब समाधानका विकल्प समेत सुझाउनुपर्छ : अध्यक्ष बस्नेत « Khabarhub

पत्रकारिताले अब समाधानका विकल्प समेत सुझाउनुपर्छ : अध्यक्ष बस्नेत


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रश्न उठाउने मात्र नभै समाधनका विकल्पहरुसहितको पत्रकारिता गर्नुपर्ने दायित्व मिडिया जगतमा आइपरेको बताएका छन् ।

त्यसरी गरिने पत्रकारिता सृजनात्मक, रचनात्मक र समाधानमुखी हुने उनको धारणा छ । ‘प्रश्न उठाउने र समस्या राख्नेमा मात्र अबको पत्रकारिता केन्द्रित छैन । समाधानका सम्भावित उपाय, विकल्पहरु सहित प्रश्न उठाउने दायित्व मिडिया जगतमा छ । समाधन के हुन सक्छ ? अहिले किन भइरहेको छैन ? असल सुरुवात के भइरहेका छन् ? त्यसमा बाधा के, कसरी भइरहेको छ ? जस्ता जिज्ञासासहितलाई मिडिया जगतले प्रस्तुत गर्दा सृजनात्मक, रचनात्मक र समाधानमुखी पत्रकारिता गरेको ठहर्छ,’शुक्रबार सामाजिकक सञ्जालमा अध्यक्ष बस्नेतले उल्लेख गरेका छन् ।

नेपाली मिडिया जगतको नियामक निकाय रहेको काउन्सिलका प्रमुख बस्नेतले पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चार माध्यम छुट्याएर हेर्नुपर्ने र त्यसका लागि डिजिटल साक्षरतामा जोड दिँदै आएका छन् । समाचार र सामाजिक सञ्जालका कन्टेन्टलाई चामल र भुस सरह छुट्याएर हेर्नुपर्ने बाध्यता रहेको उनले बताएका छन् ।

‘युट्युब र अन्य सामाजिक सञ्जालमा राम्रासहित अनेकन खालका नकरात्मक सामाग्री पोखिएका छन् । त्यसलाई चामल र भुस जत्तिकै छानेर सञ्चारमाध्यमका रुपमा आएका युट्यव र अन्य युट्युव भनी छुट्याउन र चिन्नुपर्छ,’ बस्नेतको धारणा छ ।

उनले सबै युट्युबरलाई पत्रकार भन्न नमिल्ने जानकारी समेत दिए । ‘सबै युट्युबर पत्रकार होइनन्, सबै पत्रकार राम्रा युट्युबर हुन सक्छन्’ उनले उल्लेख गरेका छन् ।

पछिल्लो समय प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत सार्वजनिक कन्टेन्टलाई कडाई गर्दै आएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ९ : ०३ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ– घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५

राप्ती तटीय क्षेत्रका स्थानीयबाट डुवान–कटान समस्या सुल्झाउन आग्रह

बाँके– बाँकेको राप्ती तटीय क्षेत्रका स्थानीयले बस्ती डुबान र कटानको

वीरगञ्ज भन्सारको राजस्व : पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र