थाइल्यान्डमा ३७ वर्षीया प्रधानमन्त्रीका चुनौती | Khabarhub Khabarhub

थाइल्यान्डमा ३७ वर्षीया प्रधानमन्त्रीका चुनौती


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पूर्व प्रधानमन्त्री स्रिथा थाभिसिन पदमुक्त भएपछि थाइल्यान्डको संसद्ले शुक्रवार ३७ वर्षीया पियोटङटर्न सिनावात्रालाई नयाँ प्रधानमन्त्रीको रूपमा चयन गरेको छ।

संवैधानिक अदालतले थाभिसिनलाई हटाउन ४० जना विधायकले राखेको प्रस्तावलाई ६-३ ले अनुमोदन गरेको हो। उनले पूर्व कानुन व्यवसायी पिचिट च्युबानलाई नियुक्त गरेको विषयमा सांसदले आपत्ति जनाएका थिए। ती कानुन व्यवसायी सन् २००८ मा अदालतको अधिकारीसँग २० लाख भाट घुस लिएको आरोपमा ६ महिना जेल सजाय भोगेका व्यक्ति हुन्।

सांसद्ले पिचिटको मनोनयन नैतिक र मूल्यको आधारमा गलत भएको दाबी सहित प्रधानमन्त्रीलाई पदमुक्त गर्न निवेदन दिएका हुन्। सन् २००७ मा पेउ थाई पार्टीको स्थापना गरेको थाक्सिन सिनावात्रासँग पिचिटको सम्बन्धको विषय पनि अहिले उठेको हो।

स्रिथालाई बुधबार संवैधानिक अदालतले पदमुक्त गरेको हो। १६ वर्षको अन्तरालमा यसरी संवैधानिक अदालतबाट पदमुक्त हुने उनी चौथो प्रधानमन्त्री हुन्।


स्रिथासहित आबद्ध रहेको पेउ थाई पार्टीका संस्थापक बिलिनियर ७५ वर्षीया थाक्सिनकी पियोटङटर्न कान्छी छोरी हुन्। संसद्को ४०३ जना सदस्य मध्य उनी र सहयोगी दलको सङ्ख्या ३१४ छ। उनी सहजै सो पदका लागि आवश्यक पर्ने बहुमत जुटाउन सफल भएकी हुन्।

नयाँ प्रधानमन्त्री सिनावात्राले बैंककको चौलालङ कर्न विश्वविद्यालयमा अध्ययन गरेकी हुन्। पियोटङटर्नको उपनाम उङ इङ हो। तीन वर्ष अघि राजनीतिमा प्रवेश गर्नु अघि उनी पारिवारिक व्यवसायलाई प्राथमिकता दिँदै होटेल सञ्चालनमा व्यस्त थिइन्।

सन् २०२१ मा पेउ पार्टीको इन्क्लुसन एन्ड इनोभेसन सल्लाहकार कमिटीमा रहँदै राजनीतिमा सक्रिय भएकी हुन्। सन् २०२३ मा जीतको दाबेदारको रूपमा निर्वाचनमा सरिक हुनु ठिक अघि उनले दोस्रो सन्तानलाई जन्म दिएकी थिइन्।

सन् २०१७ मा सैन्य सरकारले नयाँ संविधान लागु गरेको थियो। लामो समयको विलम्बपछि चुनाव हुनु अघि सन् २०१९ सम्म थाइल्यान्डमा सैन्य सरकार थियो।

सिनावात्राको बहिनी याङगलुक सिनावात्रा पनि सन् २०११ सम्म प्रधानमन्त्री थिइन्। थाविल प्लीन्सेरीलाई राष्ट्रिय सुरक्षा परिषदबाट हटाएका कारण उनलाई संवैधानिक अदालतले नै बर्खास्त गरेको थियो। थाक्सिन र याङगलुक गिरफ्तार हुनुको साटो सन् २०२३ मा निर्वासनमा पुगेका थिए। पियोटङटर्न प्रधानमन्त्री भएपछि मात्र उनीहरू फर्किएका हुन्। पियोटङटर्न उनकै काकीपछि थाइल्यान्डको दोस्रो महिला प्रधानमन्त्री समेत हुन्।

प्रो शाही सत्ता र लोकप्रिय थाई पेउ पार्टीको बिचमा लामो समयको टकराबको बिचमा पियोटङटर्न प्रधानमन्त्री भएकी हुन्। सन् २०१४ मा सेनाले सत्ता हातमा लिएपछि जनरल प्रायुथ चाउन चाले तत्कालीन समयको खराब अवस्थाको अन्त्य भएपछि सत्ता छाड्ने जनाएका थिए।

सन् २०१७ मा सैन्य सरकारले नयाँ संविधान लागु गरेको थियो। लामो समयको विलम्बपछि चुनाव हुनु अघि सन् २०१९ सम्म थाइल्यान्डमा सैन्य सरकार थियो । सन् २०२३ मा स्रिथाको नेतृत्वमा पेउ पार्टी सेनाको निकट पुगेको थियो। त्यसै सेनाले सन् २०१४ मा पेउलाई बर्खास्त गरेको थियो।

उनीहरूले प्रो डेमोक्रेसीको कुरा गरिहहँदा पेउ र मुभ फरवार्ड पार्टी (एमएफपी)को बिचमा गठबन्धन भएको थियो। सन् २०२३ को निर्वाचनको तीन महिनापछि एमएफपीले गठबन्धन छाडेको थियो। राजसंस्था प्रति आलोचक रहेको एमएफपीले सन् २०२३ मा सबै भन्दा धेरै सिटमा जीत हात पारेको थियो। तर सैन्य नियन्त्रित सिनेटले एमएफपीलाई सरकार बनाउन नदिएर पेउलाई मौका दिएको थियो।

संवैधानिक अदालतले यस वर्ष एपएफपीलाई प्रतिबन्ध लगाउँदै यसको नेतृत्वलाई १० वर्षसम्म राजसंस्था प्रति प्रतिबद्धता नजनाएसम्म राजनीतिमा आउन नदिने निर्णय गरेको थियो।

गत वर्ष पियोटङटनले प्रधानमन्त्रीका लागि चुनावी अभियान सुरु गर्दा सार्वजनिक यातायातको भाडा दरमा कमी ल्याउने, स्वास्थ्य संरचनालाई व्यवस्थित गराउने तथा न्यूनतम ज्यालादारलाई दुई गुणाले बढाउने प्रतिबद्धता गरेकी थिइन्। यी कान्छी प्रधानमन्त्रीको पहिलो कार्यकालको पहिलो चुनौती अर्थतन्त्रमा सुधार नै हुने छ।

आर्थिक सुधार, अवैध लागू पदार्थमा नियन्त्रण तथा देशको स्वास्थ्य क्षेत्रमा सुधार आफ्नो मुख्य चासो रहेको उनले बताएकी छिन्।

यत्ति मात्र होइन पेउ पार्टीको लोकप्रियता घट्दो छ। ३७ वर्षीया युवतीका लागि थुप्रै चुनौती छन्। राजप्रसादबाट प्रधानमन्त्रीको जिम्मेवारी ग्रहण गरिसकेपछि उनले आफ्नो बाबुलाई अङ्कमाल गरेकी थिइन्। उनले प्रधानमन्त्रीको पदभार ग्रहण गरीरहेपछि स्रिथाकै नीति अनुसार चल्ने बताएकी छिन्।

आर्थिक सुधार, अवैध लागू पदार्थमा नियन्त्रण तथा देशको स्वास्थ्य क्षेत्रमा सुधार आफ्नो मुख्य चासो रहेको उनले बताएकी छिन्। साथमा लैङ्गिक विविधता उनको अर्को विषय हो। उनले सरकारले डिजिटल वालेट प्रणालीलाई नियन्त्रण नगर्ने तथापि विकल्पको पनि खोजी गर्ने बताएकी छिन्। उनले आफ्ना बाबुलाई कुनै महत्त्वपूर्ण जिम्मेवारीमा चयन नगर्ने तथापि उनको सल्लाह लिने बताएकी छिन्।

पेउ थाई शक्तिमा यथावत् छ। जनमत गिर्दो छ। मुभ फरवार्डको लोकप्रियतासँगै सो दलप्रति आम थाई नागरिकको विश्वास प्रत्येक दिन घटी रहेको छ। यस अघि सोही परिवारका थाक्सिन र याङलकलाई बर्खास्त गरेको त्यसै सैन्य शक्तिसँगको साठगाँठका कारण अहिले सिनावात्रा परिवार फेरी सत्तामा पुगेको छ।

एकातर्फ जनमत छ। अर्कोतर्फ सैन्य सत्ता छ। दुई दशकको बिचमा आफ्नै बाबु र फुपू सत्ताच्युत भएको घटनाको प्रत्यक्ष साक्षी हुन्, पियोटङटर्न।

एकातर्फ जनमत छ। अर्कोतर्फ सैन्य सत्ता छ। दुई दशकको बिचमा आफ्नै बाबु र फुपू सत्ताच्युत भएको घटनाको प्रत्यक्ष साक्षी हुन्, पियोटङटर्न। सन् २००१ मा सत्तामा आएका थाक्सिनले स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्दै उत्तर र उत्तर पश्चिम क्षेत्रका मतदाताको मन जितेका थिए। तथापि उनीमाथि राजा निकट सेनाले भ्रष्टाचारको आरोप लगाएको थियो।

सन् २००६ मा आफू विश्वविद्यालयमा रहेकै समयमा आफ्नै बाबुको पोस्टरमा बिचमा ‘नो’ इशारामा काटेर भित्तामा टाँसिएको दृश्य उनले देखेकी थिइन्। कक्षा कोठादेखि चौतर्फी आफ्नै बाबुको आलोचना भएको दृश्य साँच्चै पीडादायक थियो होला। सन् २००८ मा थाक्सिनका ज्वाइँ सोमचाइ वाङसवाट छोटो समयका लागि प्रधानमन्त्री भएका थिए।

संसारका धेरै देशको राजनीतिमा पारिवारिक विरासत देखिएको छ। दक्षिण एसियामा झैँ थाइल्यान्डमा पनि सिनावात्रा परिवारको विरासत कायम छ। तर, यी ३७ वर्षीया प्रधानमन्त्रीका लागि अवस्था पक्कै सहज छैन। आफ्नो पुस्ताको मुभ फरवार्ड प्रतिको आकर्षण बढ्दो छ। त्यो पुस्ताले परिवर्तन चाहेको छ। सेनालाई त्यो स्वीकार्य छैन। पियोटङटनको अबको भूमिका जत्ति उत्साहजनक छ, त्यो भन्दा बढी चुनौतीपूर्ण छ। स्रोत : द गार्जियन, अलजजिरा, बैंकक पोस्ट

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ७ : ५० बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन