भक्तपुरको महादेव पोखरीमा दर्शनार्थीको घुइँचो « Khabarhub

भक्तपुरको महादेव पोखरीमा दर्शनार्थीको घुइँचो


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित महादेव पोखरी कुण्ड अर्थात् रत्नचुडेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

रसुवाको गोसाइँकुण्ड जान नसक्ने भक्तजनले महादेव पोखरीको नामले चिनिने रत्नचुडेश्वर महादेव मन्दिर र कुण्डमा मेला भर्न उज्यालो नहुँदै भक्तजनको घुइँचो लागेको हो ।

मन्दिरमा मध्यरातिदेखि नै दर्शनार्थीको आगमन भएको र बिहानसम्ममा दर्शनार्थीको घुइँचो लागेको चाँगुनारायण–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।

हरेक वर्ष जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, देउपुर, बनेपा, पनौतीदेखिका दर्शनार्थी एवं भक्तजन आउने गर्दछन् ।

गोसाइँकुण्डको पानी महादेव पोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजानेहरू यहाँ आउने पुरानो कथन रहेको लामाले बताए ।

उनले भक्तजनले महादेव कुण्डमा स्नान गरी विभिन्न जातजातिका मानिसले आ–आफ्नो परम्पराअनुसार पूजाअर्चना गर्ने, झाँकीलगायत विभिन्न नाच प्रस्तुत गरेर मेला भर्ने गरेका छन् ।

विभिन्न ठाउँबाट आएका भक्तजन पूर्णिमाको अघिल्लो रात जाग्राम बस्ने परम्परा रहेको छ । जाग्राम बसेर बत्ती बाल्ने भक्तजन हिजो साँझदेखि मन्दिरमा आएर रातभर जाग्राम बसेर बिहानै कुण्डमा स्नान गरी महादेवको पूजा एवं दर्शन गरेपछि रक्षाबन्धन बाँध्ने र जनै फर्ने कार्य गरेका छन् ।

वडाध्यक्ष लामाले यस वर्ष ५० हजारभन्दा बढी भक्तजनले महादेव पोखरीमा दर्शन गर्ने अनुमान गर्दै सोहीअनुसारको व्यवस्थापन गरिएको बताए ।

 

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १२ : २२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण