दश महिने सन्तान घरमै छाडेर कहाँ गायब भइन् ममता ? | Khabarhub Khabarhub

दश महिने सन्तान घरमै छाडेर कहाँ गायब भइन् ममता ?

श्रीमान् नरेशसँग थियो खटपट र विवाद !


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

भर्जिनिया (अमेरिका)– अमेरिका बस्दै आएकी एकजना नेपाली युवती गत साउन १६ गतेदेखि गायब भएपछि प्रवासी समुदायमा हलचल मच्चिएको छ ।

अमेरिकाको भर्जिनियाबाट गत साउन १६ गतेदेखि २८ वर्षीया ममता काफ्ले अचानक गायब भएपछि उनका परिवार र प्रवासी नेपाली समुदाय चिन्तामा परेको छ ।

१९ दिन बितिसक्दा पनि ममताको अवस्था अझैसम्म पत्ता लाग्न सकेको छैन । नर्सका रुपमा अमेरिकामा कार्यरत ममताले घरबाट निस्किनुअघि १० महिने छोरीलाई छाडेकी थिइन् ।

भर्जिनियास्थित मनाससबाट १९ दिनअघि बेपत्ता काफ्लेको खोजीमा अमेरिकी प्रहरीले सबै प्रयास गरिरहेको छ । सामाजिक सञ्जालको प्रयोगदेखि भौतिक रुपमा पनि खोजी अभियान चलाइरहेको प्रहरीको प्रयास असफल भइरहेको छ । उनीबारेमा मनासस पार्क पुलिस डिपार्टमेन्टले पटक पटक सामाजिक सञ्जालमा फोटोसहित सूचना दिइरहेको छ । तर उनी कहाँ कस्तो अवस्थामा छिन् भन्ने अझैसम्म अज्ञात छ ।


प्रहरीले ममताको खोजीका लागि सघाउन सर्वसाधारणलाई पनि आग्रह गरेको छ । प्रहरीको टोली ममताबारेमा जानकारी बटुल्न उनी बस्दै आएको निवासमा पनि छिरेको छ । जुलाई ३१ मा ममता हराएपछि अगस्ट २ मा पुगेका प्रहरी अधिकारीले ममताका पति नरेश भट्टसँग सोधपुछ गरेको थियो ।

प्रहरीका अनुसार नरेशले ममताबारे थप सूचना र विवरण दिएका थिए । तर ममता हराएको रिपोर्ट गर्न नचाहेको समाचार अमेरिकास्थित हिमालय खबरले छापेको छ ।

ममता हराएको तीन दिनपछि मात्रै नरेश प्रहरीकहाँ पुगेको खुलेको छ । घटनाको तीन दिनपछि मात्रै भट्टले हराएकी पत्नीबारे सूचना दिनुलाई अमेरिकास्थित कतिपय प्रवासी नेपालीले शंकास्पद भनेका छन् । भट्टले तीन दिनपछि दिएको सूचनाका आधारमा भर्जिनिया प्रहरीले ममतालाई बेपत्ता व्यक्तिको सूचीमा राखेर खोजी थालेको थियो ।

प्रहरीले सरकारी प्रक्रिया पूरा गरेर ममतालाई भर्जिनिया राज्यमा हराएको व्यक्तिका रूपमा सूचीकृत गरिसकेका छन् । त्यसपछि प्रहरीले ममताको खोजीलाई तीव्र पारे पनि अहिलेसम्म उपलब्धि शून्य छ ।

भर्जिनिया राज्य प्रहरीले ममताको खोजीमा सघाउन भर्जिनिया र अन्य राज्यका अमेरिकी प्रहरीलाई पनि विवरण उपलब्ध गराइसकेको छ ।

प्रहरीले गरेको अनुसन्धानका क्रममा ममताले पछिल्लो समय परिवारका सदस्य, साथीहरू र रोजगारदातालाई पनि एकदमै कम सम्पर्क गर्ने गरेको खुलेको छ ।

अनुसन्धानपछि प्रहरीले ममता बेपत्ता प्रकरण गम्भीर रहेको निष्कर्ष निकालेको छ । उनलाई कसैले जबरजस्ती गायब पारेको हुन सक्ने निष्कर्षसहित प्रहरीले थप अनुसन्धान पनि अघि बढाएको छ ।

प्रहरीले बेपत्ता व्यक्तिबारेको विवरण सार्वजनिक गर्ने क्रममा ममता जुलाई २७ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको जनाएको छ । जुलाई २८ मा उनले साथीसँग कुरा गरेको खुलेको छ। त्यसपछि उनलाई जुलाई ३१ मा उनका श्रीमान नरेशले अन्तिमपटक देखेको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीहरूले घटनाको तदारुकताका साथ अनुसन्धान गरिरहेका छन् । तर अमेरिकास्थित कयौँ नेपाली समुदायका सदस्यहरूले भने यस प्रकरणमा पति नरेशमाथि गम्भीर अनुसन्धानको कुरा उठाइरहेका छन् ।

अनेक कोसिस गर्दा पनि नभेटिएपछि ममतालाई देख्नेलाई ५ हजार डलरको पुरस्कार पनि घोषणा गरिएको छ । भजिर्नियाको मनासस नेपाली समुदाय धेरै बसोबास रहेको क्षेत्र हो । वासिङ्टन डिसीनजिकैको यो सहरबाट गायब भएकी ममताको खोजीले परिणाम दिन सकेको छैन ।

भर्जिनियाकै अस्पतालमा कार्यरत ममता एक १० महिने नाबालककी आमा पनि हुन् । स्थानीय प्रहरी र गुप्तचर निकायले खोजी गरे पनि ममताको सुइँको पनि पाउन सकेका छैनन् । यो घटनाको पृष्ठभूमिबारे पनि प्रहरीले अहिलेसम्म केही विवरण सार्वजनिक गरेको छैन ।

१० महिनाअघि आमा बनेकी ममता बेपत्ता प्रकरण रहस्यमय बन्दै गएपछि उनका पतिमाथि नै कडा अनुसन्धानको माग नेपाली समुदायले उठाएका छन् । ममतालाई कुनै न कुनै पारिवारिक दबाब र तनाव रहेको अनुमान नेपाली समुदायको छ । अमेरिकाको व्यस्त दैनिकीमा कामको र परिवारमा कुनै न कुनै विवादलाई यस घटनाको कारणका रुपमा मानिएको छ ।

त्यही कुराको पुष्टि गर्दै ‘सेपेरेटेड सिंगम डिभोस्ड मम फ्रम भर्जिनिया’ फेसबुक पेजमा ममताले श्रीमानसँग खटपट भएको संकेत दिएको विवरण बाहिरिएको छ ।

‘हाई म ६ महिने बच्चाकी आमा हुँ । म श्रीमानसँग अलग हुन चाहिरहेकी छु । म साताको दुई दिन काम गर्छु । तर, मेरा श्रीमानले बच्चा हेर्न साथ दिएका छैनन् । म अलग भएपछि उनले बच्चालाई ‘बाल कस्टडी’मा राख्छु भनिरहेका छन् । के यो सम्भव छ ? मलाई बच्चाको हेरचाह गर्ने केन्द्रबारे सहयोग चाहियो ।  सामाजिक कार्यकर्ताहरूले मलाई सहयाोग र सल्लाह दिनु होला ।’

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १ : ३२ बजे

गरिमा विकास बैंकको खराब कर्जा करिब पाँच प्रतिशत 

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१–०८२ को

१६ करोड बढीको कण्डम आयात

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ करोड रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

९ महिनामा नेपालको निर्यात ६५ प्रतिशतले वृद्धि, ठूलो हिस्सा सोयाबिन तेल

काठमाडौं– नेपालमा आयात गरेर आंशिक वा पूर्ण प्रशोधनपश्चात ठूलो मात्रामा

गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा र विश्व स्वास्थ्य सङ्गठन, ‘द