अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजरायलमा, बन्धक रिहाइसम्बन्धी सम्झौतामा छलफल गरिने « Khabarhub

अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजरायलमा, बन्धक रिहाइसम्बन्धी सम्झौतामा छलफल गरिने


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन् । उनले आज दिउँसो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

भेटमा गाजामा इजरायल र हमासबीचको युद्धविरामलाई लिएर दुई नेताबीच छलफल हुने बताइएको छ । साथै बन्धक रिहाइसम्बन्धी सम्झौताका विषयमा पनि छलफल हुनेछ ।

यस वार्ताको एउटा उद्देश्य इरान र इजरायलबीचको मध्यपूर्वमा बढ्दो तनाव कम गर्नु रहेको समेत उल्लेख गरिएको छ । यसअघि अगस्ट १५ र १६ मा दोहामा इजरायल, अमेरिका, कतार र इजिप्टका प्रतिनिधिबीच युद्धविरामका लागि वार्ता भएको थियो ।

हमास भने यस वार्तामा सहभागी भएन । वार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविराम सम्झौताको धेरै नजिक पुगेको बताएका थिए । यद्यपि हमासले युद्धविराम सम्झौतामा नयाँ शर्तहरू समावेश गरेकोमा विरोध गरेको छ ।

युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता यसै साता इजिप्टमा हुने भएको छ । यी वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल आइतबार साँझ इजिप्ट प्रस्थान गरेको थियो । युद्धविरामका लागि जारी सबै प्रयासका बीच इजरायलले गाजामा गरेको कारबाहीमा कुनै कमी आएको छैन।

आइतबार मात्र गाजामा इजरायली हमलामा २५ प्यालेस्टाइनीको मृत्यु भएको, जसमा एक महिला र उनका ६ बालबालिका पनि रहेको उल्लेख गरिएको छ ।

अर्कोतर्फ इजरायलले लेबनानमा पनि आक्रमण गरिरहेको छ । आइतबार दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो । यस आक्रमणमा अन्य ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई बालबालिका पनि रहेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १ : ३८ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक