उपप्रधानमन्त्री सिंहले भने- संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजिएको होइन  « Khabarhub

उपप्रधानमन्त्री सिंहले भने- संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजिएको होइन 


३ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन् । 

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) जनताको अधिकारका लागि लडेको दल भएको जिकिर गरे । 

उनले भने, ‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश व्यवस्था कटौती गर्छ भन्ने दुष्प्रचार भइरहेको छ, कांग्रेस र एमाले अधिकारका लागि लडेको दल हो, यी दुई दल सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन ।’

राजनीतिक स्थायित्व दिन कांग्रेस एमालेसँग मिलेको उपप्रधानमन्त्री सिंहले बताए। 

‘सात/आठ महिनामा सरकार परिवर्तन भइराख्ने, टिक्ने वा नटिक्ने अन्योलमा रहने सरकारले केही गर्न नसक्ने भएकाले ठूला दुई दल मिलेको छौँ, यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको छ, अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले काम गरेर देखाउँछ ।’

प्रकाशित मिति : ३ भदौ २०८१, सोमबार  २ : १५ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर