दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्छौं : गृहमन्त्री लेखक  « Khabarhub

दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्छौं : गृहमन्त्री लेखक 


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिमलाई भारत र चीनसँग जोड्न दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्ने बताएका छन् । 

चौपातो नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘विशिष्ट प्रतिभा सम्मान तथा बृहत् साङ्गीतिक काव्य गोष्ठी’ मा उनले दार्चुलाको तिंकरमा ३–४ महिनाभित्रै अध्यागमन कार्यालय स्थापना गरिने बताएका हुन् । 

महाकाली करिडोर, सेती लोकमार्गलगायतका महत्वपूर्ण परियोजना अगाडि बढाएर मित्र राष्ट्रहरू भारत र चीनसँग जोडिने गृहमन्त्री लेखकको भनाइ छ । 

‘यसका लागि ३–४ महिनामा तिंकर नाकामा अध्यागमनको कार्यालय स्थापना गरि तेस्रो मुलुकका नागरिकलाई मानसरोवर, कैलाश जाने बाटो अगाडि बढाउने योजना अगाडि सारेको छु,’ उनले भने, ‘सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्ने छौँ । यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने छ ।’ 

कार्यक्रममा सुदूरपश्चिमको भूमिसँग जोडिएका प्रतिभालाई सम्मान गरिएको थियो । सुदूरपश्चिमको भाषामा अमूल्य योगदान दिने आरडी प्रभास चटौत, नारी सशक्तीकरण र साहित्य लेखनमा  पुर्‍याएको योगदानका लागि विजया श्रेष्ठ केसीलाई सम्मान गरिएको थियो । 

यस्तै नेपाली राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदीश भट्ट, नेपाली शास्त्रीय संगीतको क्षेत्रमा पुर्‍याएको योगदानका लागि गायक तिलकसिंह पेला, साहित्यकार हेमबाबु लेखकलगायत पनि सम्मानित भएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ३ : ३१ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण