दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्छौं : गृहमन्त्री लेखक  « Khabarhub

दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्छौं : गृहमन्त्री लेखक 


३ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिमलाई भारत र चीनसँग जोड्न दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्ने बताएका छन् । 

चौपातो नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘विशिष्ट प्रतिभा सम्मान तथा बृहत् साङ्गीतिक काव्य गोष्ठी’ मा उनले दार्चुलाको तिंकरमा ३–४ महिनाभित्रै अध्यागमन कार्यालय स्थापना गरिने बताएका हुन् । 

महाकाली करिडोर, सेती लोकमार्गलगायतका महत्वपूर्ण परियोजना अगाडि बढाएर मित्र राष्ट्रहरू भारत र चीनसँग जोडिने गृहमन्त्री लेखकको भनाइ छ । 

‘यसका लागि ३–४ महिनामा तिंकर नाकामा अध्यागमनको कार्यालय स्थापना गरि तेस्रो मुलुकका नागरिकलाई मानसरोवर, कैलाश जाने बाटो अगाडि बढाउने योजना अगाडि सारेको छु,’ उनले भने, ‘सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्ने छौँ । यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने छ ।’ 

कार्यक्रममा सुदूरपश्चिमको भूमिसँग जोडिएका प्रतिभालाई सम्मान गरिएको थियो । सुदूरपश्चिमको भाषामा अमूल्य योगदान दिने आरडी प्रभास चटौत, नारी सशक्तीकरण र साहित्य लेखनमा  पुर्‍याएको योगदानका लागि विजया श्रेष्ठ केसीलाई सम्मान गरिएको थियो । 

यस्तै नेपाली राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदीश भट्ट, नेपाली शास्त्रीय संगीतको क्षेत्रमा पुर्‍याएको योगदानका लागि गायक तिलकसिंह पेला, साहित्यकार हेमबाबु लेखकलगायत पनि सम्मानित भएका थिए ।

प्रकाशित मिति : ३ भदौ २०८१, सोमबार  ३ : ३१ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर