स्वास्थ्यका लागि अनेक फाइदा मिल्ने गुणकारी क्वाँटी « Khabarhub

स्वास्थ्यका लागि अनेक फाइदा मिल्ने गुणकारी क्वाँटी


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन नेपालमा पुरानै हो । क्वाँटी नौ थरी गेडागुडी मिसाएर बनाइन्छ । जसमा चना, मस्याम, मुगी, बोडी, मास, भटमास लगायत ठाउँ अनुसारका गेडागुडी राखिन्छ ।

स्वास्थ्यका लागि क्वाँटी धेरै राम्रो मानिन्छ । साकाहारी र मांसहरी दुवैले गेडागुडीलाई परिकारका रुपमा समावेश गर्नु राम्रो हुने पोषणविद् बताउँछन् । पोषणविद् नानीशोभा शाक्यका अनुसार स्वस्थ खानाको परीकारमा क्वाँटी अर्थात गेडागुडीको झोललाई उत्कृष्ट मानिन्छ ।

खवररहबसँगको कुराकानीमा पोषणविद् शाक्यले भनिन्, ‘हाम्रोमा खाने क्वाँटीमा विभिन्न ९ गेडागुडी हुन्छन् । सबैको आफ्नै विशेषता छन् । कुनै न कुनै भिटामिन, आइरन, खनिज, पोटासियम लगायत तत्व पाइन्छन् । झोल बनाउँदा तेलमा ज्वानो पड्काएर राख्दा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।’

३–४ दिन पानीमा भिजाएर टुसा उम्रिएपछि झोलिलो बनाएर क्वाँटी पकाउने गरिन्छ । विशेषतः जनैपूर्णिमामा खाइने क्वाँटीले वर्षायाभर काम गर्दाको चिसो ठीक हुने, चर्मरोग जाने लगायत विश्वास गरिन्छ । स्वास्थ्यका लागि क्वाँटी फाइदाजनक र हितकारी छ ।

क्वाँटी के हो ?

पोषणविद् शाक्य भन्छिन्, ‘क्वाँटीलाई शाब्दिक अर्थमा हेर्ने हो भने यो नेवारी भाषाबाट आएको शब्द हो । क्वाँ को अर्थ तातो र ती को अर्थ झोल हुन्छ । त्यसैलाई मिलाएर क्वाँटी भनिन्छ ।

जनैपूर्णिमा र क्वाँटीको महत्व

जनैपूर्णिमा बर्खाको समयमा पर्छ । हाम्रो देश कृषि प्रधान भएकाले धेरै ठाउँमा धान, कोदो रोप्नेसहितकृषि कर्म गर्ने गरिन्छ । बर्खाको झरीमा रुझेर खेतमा काम गरेका किसानलाई शक्ति प्रदान गर्न पोषिलो खानाका रुपमा क्वाँटी खाने चलन चलेको पोषणविद् शाक्य बताउँछिन् ।

शाक्यले भनिन्, ‘पहिले पहिले माछामासु धेरै खाइँदैनथ्यो । एकातिर पानी पर्ने समय, त्यसैमाथि खेतबारीमा काम गर्नुपर्ने हुँदा चिसो लाग्ने र अर्को शरीरका शक्ति नास हुने भएकाले न्यानो बनाउन र पोषण्को परिपूर्ति गर्ने कामा गेडागुडीको तातो झोल अर्थात क्वाँटी खाने चलन चलेको हो’, उनले भनिन् ।

आहिले मौसम परिवर्तनको समय छ । गर्मी सकिएर चिसो शुरु हुने बेला शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन क्वाँटी खाने चलन चलेको उनले बताइन् ।

डा. नानीशोभा  शाक्य

क्वाँटीको फाइदा

क्वाँटी बनाउँदा विभिन्न ९ प्रकारका गेडागुडी हालिन्छ । भटमास, चना, मस्याम, मुगी, बोडी, मास, भटमास, सिमी, ठूलो केराउ, सानो केराउ लगायतको सम्मिश्रण हुने भएकाले त्यसबाट शरीरलाई चाहिने प्रोटिन, कार्बोहाइड्रेड र खनिज पदार्थ मिल्छन् ।

जसले हामीलाई विभिन्न रोगसँग लड्न सक्ने क्षमता बढाउँछ, स्वस्थ रहन सहयोग पुर्याउँछ । त्यस्तै यसलाई भिजाएर टुसा उम्रिएपछि खाँदा भिटामिन सी देखि लिएर फाइबरको मात्रा पनि बढ्ने गर्दछ ।

कतिपयले गेडागुडी खाँदा पचाउन गाह्रो हुन्छ भन्छन् । तर त्यसो होइन, ठिक्क मात्रा खाए पौष्टिक तत्वसँगै रेशा तथा फाइबरयुक्त हुने भएकाले पचाउन गाह्रो नहुने पोषणविद् शाक्य बताउँछिन् ।

क्वाँटी कसले खाने, कसले नखाने ?

राम्रो छ भन्दैमा चाहिनेभन्दा धेरै खाँदा जुनसुकै खानाले पनि असर पुर्याउँछ । तर ठिक्क खाए बच्चादेखि बृद्धसम्म सबैलाई फाइदा पुर्याउँछ ।

तर किड्नीका बिरामीहरु, धेरै तौल भएकाहरूले, पोटासियमको मात्रा घटाउनुपर्ने अवस्था भएकाले ठिक्क मात्रामा अर्थात सानो एक कचौरा जति खाँदा असर गर्दैन ।

पहिले पहिले युरिक एसिड बढेका र बाथका बिरामीहरुले पनि गेडागुडी खानुहुँदैन भनिन्थ्यो । तर पछिल्लो समयका अध्ययन अनुसन्धानमा त्यस्ता बिरामीलाई खान रोकछेक लगाएको छैन। त्यसैले कहिलेकाहीँ थोरै मात्रामा खाँदा रामै हुन्छ । यसले बेफाइदा नगर्ने उनी बताउँछिन् ।

बर्खाको समय र मौसम परीवर्तन हुने भएकाले विभिन्न रोगहरुको संक्रमण फैलिने सम्भावना धेरै हुन्छ । अहिले काठमाडौं र ललितपुरमा हैजाको प्रकोम छ । त्यसैले खानपानमा ध्यान दिन शाक्यको सुझाव छ ।

शाक्यले भनिन्, ‘अहिले हरीयो तरकारी पनि बाढीपहिरो र डुबानका कारण दूषित भएकाले सरसफाइमा ध्यान दिन आवश्यक छ । काँचो तरकारी नखाने र खाए पनि राम्रोसँग सफा गरे मात्रै खानु उपयुक्त हुन्छ ।’

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ४ : ५२ बजे

काठमाडौंमा पनि लगाउन थालियो एचपीभी खोप (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी)

भारत सरकारप्रति प्रधानमन्त्री कार्कीद्वारा कृतज्ञता ज्ञापन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका निम्ति भारतबाट प्राप्त सहयोगका

अफगानिस्तानमा विश्व बैंकद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

एजेन्सी- विश्व बैंकको सहयोगमा अफगानिस्तानको गजनी प्रान्तमा तीनवटा सफा पिउने

नवलपुर–२ का मतदाता भन्छन्, ‘चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्’

नवलपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का मतदाता

महाशिवरात्रि व्यवस्थापनमा गुठी संस्थानले दियो ४० लाख

काठमाडौं– गुठी संस्थानले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ४० लाख बजेट