माओवादीको निष्कर्ष- पार्टीमा गुटबन्दी र व्यक्तिगत स्वार्थकेन्द्रित प्रवृत्ति मौलायो | Khabarhub Khabarhub

माओवादीको निष्कर्ष- पार्टीमा गुटबन्दी र व्यक्तिगत स्वार्थकेन्द्रित प्रवृत्ति मौलायो


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पार्टीभित्र गुटबन्दी मौलाएको निष्कर्ष निकालेको छ ।

यही साता सम्पन्न स्थायी कमिटी बैठकपछि नेकपा (माओवादी केन्द्र) ले जारी गरेको आन्तरिक सर्कुलरमा उक्त कुरा उल्लेख छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले जारी गरेको सर्कुलरमा पार्टीमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्ति बढ्न थालेको उल्लेख छ ।

व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्ति बढ्दा निजी स्वार्थ समूहहरूको गुट–उपगुट पनि क्रियाशील भइरहेको निष्कर्ष माओवादीले निकालेको छ ।

विधान र विधि पद्धतिलाई अवलम्बन गर्ने कुरा कमजोर हुँदा पार्टीभित्र अराजक अवस्था आएको हो माओवादीले स्वीकारेको छ । उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डमाथि सार्वजनिक रुपमै गम्भीर प्रश्न उठाएको सन्दर्भमा यस्तो सर्कुलर माओवादीले जारी गरेको हो ।

माओवादीले नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको सरकारविरुद्ध जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्ने निष्कर्ष पनि निकालेको छ ।

उसले नेता कार्यकतालाई आन्दोलनका लागि तयारी अवस्थामा रहिरहन पनि भनेको छ । माओवादीले प्रतिगमन, राष्ट्रघात र भ्रष्टहरूको संरक्षण गर्ने दिशामा सरकार  अघि बढेमा सडक आन्दोलनमा जानुपर्ने भनेको छ ।

माओवादीले कांग्रेस–एमाले ७ बुँदे सहमतिलाई प्रश्चगामी र प्रतिगामी कदम भनेको छ ।

माओवादीले प्रतिगमन, राष्ट्रघात, भ्रष्टहरूको संरक्षणको विरोध र जनताका दैनिक समस्यालाई सदनमा सशक्त रुपमा उठाउने जनाएको  ।

सदनमा खबरदारी गर्दा पनि सरकार प्रतिगमनतिर गएमा सडक आन्दोलनमा जानै पर्ने निष्कर्ष माओवादीको छ ।

‘कार्यदिशा अनुरूप कार्यक्रम र कार्यनीतिहरूलाई कार्यान्वयन गर्न मुख्यतः पार्टी सङ्गठनमा निर्भर रहन्छ । परन्तु: पार्टी सङ्गठनको क्षेत्रमा जुन गतिमा अगाडि बढ्नु पर्दथ्यो त्यस रूपमा अगाडि बढाउन सकेनौँ’, माओवादीले भनेको छ, ‘पार्टीमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू बढ्न थाल्यो । त्यसले गर्दा निजी स्वार्थ समूहको गुट– उपगुटहरू क्रियाशील हुने जस्ता नकारात्मक चिन्तन प्रवृत्ति तथा गतिविधिहरू देखिए ।’

अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले पठाएको परिपत्रमा विभिन्न स्वार्थ समूहको गुट–उपगुट सक्रिय रहेको स्वीकारिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ७ : ५० बजे

बाढीले झापाको ५१२ हेक्टर कृषिबालीमा क्षति

भद्रपुर– यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि

संसद् पुर्नस्थापनाबारे सर्वोच्चमा रिटलगत्तै सभामुखले बोलाए १० दलको बैठक

काठमाडौँ- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले १० राजनीतिक दलको बैठक

देउवाको गुनासो : घर जलाएर मात्रै पुगेन, हाम्रो प्रतिष्ठा र छवि गिराउन झूटो प्रचार गरियो

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते

‘विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यक’

पाटन– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं

जेनजीका नाममा सरकारी निकायमा आतङ्क, मूकदर्शक सरकार

काठमाडौं– पछिल्लो समय जेनजीका नाममा विभिन्न संवैधानिक तथा सरकारी कार्यालयका