कार्यकर्तालाई माओवादी निर्देशन- सडक आन्दोलनमा जानुपर्ने हुन सक्छ, तयार रहनू | Khabarhub Khabarhub

कार्यकर्तालाई माओवादी निर्देशन- सडक आन्दोलनमा जानुपर्ने हुन सक्छ, तयार रहनू


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्ने निष्कर्ष निकालेको छ।

माओवादीले कांग्रेस-एमाले नेतृत्वको सरकार प्रतिगमनतिर अघि बढ्ने अवस्था रहेको भन्दै नेता कार्यकतालाई आन्दोलनका लागि तयारी अवस्थामा रहन भनेको हो ।

हालै बसेको स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले गरेको परिपत्रमा प्रतिगमन, राष्ट्रघात र भ्रष्टहरूको संरक्षण गर्ने दिशामा सरकार अघि बढेमा सडक आन्दोलन चर्काउनुपर्ने उल्लेख गरिएको छ ।

माओवादीले कांग्रेस–एमाले ७ बुँदे सहमतिलाई प्रश्चगामी र प्रतिगामी कदम भन्दै त्यहीमार्फत आन्दोलनतिर जानुपर्ने अवस्था रहेको जनाएको छ ।

माओवादीले प्रतिगमन, राष्ट्रघात, भ्रष्टहरूको संरक्षणको विरोध र जनताका दैनिक समस्यालाई सदनमा सशक्त रुपमा उठाउने पनि जनाएको छ ।

सदनमा खबरदारी गरिरहँदा पनि सरकार प्रतिगमनतिर गएमा सडक आन्दोलनबाहेक अर्को विकल्प नहुने ठहरसहित माओवादीले नेता-कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ७ : ५७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’