तलेजुबाट गाई निकालेर जात्रा सुरु, घिन्ताङ घिसी नाच प्रदर्शन « Khabarhub

तलेजुबाट गाई निकालेर जात्रा सुरु, घिन्ताङ घिसी नाच प्रदर्शन


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा आठ रात, नौ दिनसम्म भव्य रूपमा मनाइने गाईजात्रा पर्वको अवसरमा आज जात्राको पूर्वसन्ध्यामा तलेजुबाट गाई निकालेर प्रदर्शन गर्दै यसवर्षको गाईजात्रा पर्व सुरु भएको छ ।

जनै पूर्णिमाका दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले पठाएको सरकारी घिन्ताङ घिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि जात्रा सुरु भएको गुठी कार्यालय भक्तपुरका प्रमुख खिमा ओलीले जानकारी दिए ।

आजै तलेजुको पूजा गरी तलेजुस्थित बहत्वाबाट गाई निकालेर घिन्ताङ घिसी नाचसँगै प्रदर्शन गरी विधिवत रुपमा जात्राको सुरु भएको तलेजुका मूल नाईके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

बहत्वाबाट निस्किएको घेन्ताङ घिसी नाच नगरको दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौँ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरी स्क्वायर, वङ्शगोपाल, इताछें, खौमाको हुँदै दरबार स्क्वायर पुगेर समापन भएको छ ।

आज साँझदेखि गाईजात्रा सुरु भएको र भोलि गाईजात्रा पर्वको दिन दिवङ्गत व्यक्तिको सम्झनामा नेवार समुदायको घरघरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको उनले बताए ।

गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ । यस दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ ।

जात्राभरी जात्रामा घिन्ताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, जङ्गली नाच, काटुन, प्लेकार्ड, प्रदर्शन गर्दै टोल टोल घुमाउने गरिन्छ ।

श्रीकृष्ण जन्माष्टमीको दिन भैरव मन्दिरमा नेवारी पोशाक हाकुपटासी लगाएर लामबद्ध सयौँ महिलाले टोलटोल घुमेर बत्ती दिने परम्परा रहेको छ ।

यस दिन नारायणको पूजागरी नारायण बत्ती बालेर भक्तपुरका बालबालिका एवं युवाले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनःसूर्यमढी पुग्ने प्रचलन रहेको छ ।

टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि गाईजात्रा सम्पन्न हुने परम्परा छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १० : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै