लेबनानमा वाकिटकी आक्रमणमा २० जनाको मृत्यु « Khabarhub

लेबनानमा वाकिटकी आक्रमणमा २० जनाको मृत्यु


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

लेबनान – लेबनानमा दोस्रो वेभको वायरलेस सञ्चार डिभाइस विस्फोटमा २० जना मारिएका छन् भने ४५० जना घाइते भएका छन्। बेरुत, बेक्का उपत्यका र दक्षिण लेबनानका विभिन्न स्थानमा हिजबुल्लाहले बोकेको वाक्की टक्की विस्फोट भएको छ।

मंगलबार भएको पेजर विस्फोटको क्रममा मारिनेकै अन्त्येष्टि भइरहेको समयमा पनि विस्फोट भएको थियो। इजरायलका रक्षा मन्त्री युसुफ गालान्टले युद्ध नयाँ चरणमा प्रवेश गरेको बताए पनि यो युद्ध सुरु भएको हो।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुरिटेजले यो नाटकीय घटनाले आश्चर्यमा पारेको बताए।

इजरायल र हमासको बिचमा ११ महिना लामो युद्धपछि अहिले लेबनानमा भएको यो विस्फोटले धेरैलाई आतङ्कित तुल्याएको छ।

आक्रमण अघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उत्तरमा रहेका धेरै विस्थापितलाई घर फर्कन भनेका छन्। हिजबुल्लाहले हमासको सहयोगमा आफूहरू रहेको जनाएको साथै इरानले आफूलाई साथ भएको पनि जनाएको छ।

हिजबुल्लाहका नेता हसन नसराल्लाहले बिहीबार सम्बोधन गर्ने छन्। बुधबार हिजबुल्लाहले जनाए अनुसार उनका १३ जना लडाकु मारिएका छन्, यसमा एक जना १६ वर्षीय छन्। मंगलबार एकै पटक लेबनानमा हजारौँ पेजर विस्फोट हुँदा यसले सबैलाई चिन्तामा डुबाएको छ। मंगलबार मारिनेमा १८ वर्षीया किशोरी र ११ वर्षीय बालक समेत थिए।

हिजबुल्लाहले ५ महिना अघि यस वाकीटकी र पेजर एकै पटक खरिद गरेको थियो। बेरुत अप्थोमालोजिस्टका अनुसार ६० प्रतिशतले एउटा आँखा गुमाएका छन्। धेरैले दृष्टि समेत गुमाएका छन्।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ८ : ४८ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित