लेबनानमा वाकिटकी आक्रमणमा २० जनाको मृत्यु | Khabarhub Khabarhub

लेबनानमा वाकिटकी आक्रमणमा २० जनाको मृत्यु


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

लेबनान – लेबनानमा दोस्रो वेभको वायरलेस सञ्चार डिभाइस विस्फोटमा २० जना मारिएका छन् भने ४५० जना घाइते भएका छन्। बेरुत, बेक्का उपत्यका र दक्षिण लेबनानका विभिन्न स्थानमा हिजबुल्लाहले बोकेको वाक्की टक्की विस्फोट भएको छ।

मंगलबार भएको पेजर विस्फोटको क्रममा मारिनेकै अन्त्येष्टि भइरहेको समयमा पनि विस्फोट भएको थियो। इजरायलका रक्षा मन्त्री युसुफ गालान्टले युद्ध नयाँ चरणमा प्रवेश गरेको बताए पनि यो युद्ध सुरु भएको हो।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुरिटेजले यो नाटकीय घटनाले आश्चर्यमा पारेको बताए।

इजरायल र हमासको बिचमा ११ महिना लामो युद्धपछि अहिले लेबनानमा भएको यो विस्फोटले धेरैलाई आतङ्कित तुल्याएको छ।

आक्रमण अघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उत्तरमा रहेका धेरै विस्थापितलाई घर फर्कन भनेका छन्। हिजबुल्लाहले हमासको सहयोगमा आफूहरू रहेको जनाएको साथै इरानले आफूलाई साथ भएको पनि जनाएको छ।

हिजबुल्लाहका नेता हसन नसराल्लाहले बिहीबार सम्बोधन गर्ने छन्। बुधबार हिजबुल्लाहले जनाए अनुसार उनका १३ जना लडाकु मारिएका छन्, यसमा एक जना १६ वर्षीय छन्। मंगलबार एकै पटक लेबनानमा हजारौँ पेजर विस्फोट हुँदा यसले सबैलाई चिन्तामा डुबाएको छ। मंगलबार मारिनेमा १८ वर्षीया किशोरी र ११ वर्षीय बालक समेत थिए।

हिजबुल्लाहले ५ महिना अघि यस वाकीटकी र पेजर एकै पटक खरिद गरेको थियो। बेरुत अप्थोमालोजिस्टका अनुसार ६० प्रतिशतले एउटा आँखा गुमाएका छन्। धेरैले दृष्टि समेत गुमाएका छन्।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ८ : ४८ बजे

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने