गफ र भाषणले मात्रै सुशासन आउँदैन : शेखर कोइराला « Khabarhub

गफ र भाषणले मात्रै सुशासन आउँदैन : शेखर कोइराला


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको जगबाट मात्र नेपालको सुन्दर भविष्य निर्माण गर्न सकिने बताएका छन् । 

नवौँ संविधान दिवसको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै सरकार र राजनीतिक दलहरूले नेपालको सुन्दर भविष्यका लागि सामाजिक न्याय, आर्थिक वृद्धि र सुशासनका पक्षमा केवल गफ र भाषणमात्रै नगरेर व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन् ।

नेता कोइरालाले अग्रज पुस्ताको गौरव गाथा सदा नेपाली जनताको मानसपटलमा अमर रहिरहने उल्लेख गर्दै वर्तमान संविधानले नेपाली जनताका कैयन सपनाहरूलाई सम्बोधन गरेको बताएका छन् । उनले भनेका छन्, ‘राज्यको भूमिका र सीमा मात्र होइन व्यक्तिको अधिकार र कर्तव्यलाई पनि संविधानले परिभाषित गरेको छ ।’

नागरिकको सम्प्रभुतालाई मूलमन्त्र ठानेर निर्माण भएको वर्तमान संविधानको राजनीतिक आयातनले ऐन, कानुन निर्माण र नीतिगत निर्णय लिने ठाउँमा सामाजिकरुपले वञ्चना परेका सबै समूहको प्रतिनिधित्व हुनु सामान्य कुरा नभएको कोइरालाको भनाइ छ ।

उनले महिलाहरूको राजनीतिक प्रतिनिधित्व राज्यको संरचनामा तलदेखि माथिसम्म अनिवार्य गर्नाले आधा जनसंख्या भएको समूह राष्ट्र निर्माणको प्रक्रियामा सहभागी हुने व्यवस्थाको सुनिश्चितता भएको बताएका छन् ।

नेता कोइरालाले नौ वर्ष अगाडि जारी भएको संविधानलाई इमानदारीपूर्वक लागू गर्न यस कालखण्डमा सत्तामा पुगेका नेताहरूले खासै ध्यान पुर्‍याउन  नसकेको उल्लेख गर्दै एकात्मक राज्यको सोच र सिंहदरबार नै सबैथोक हो भन्ने मानसिकताबाट मुक्त हुन सक्नुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ९ : ३७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्