गफ र भाषणले मात्रै सुशासन आउँदैन : शेखर कोइराला « Khabarhub

गफ र भाषणले मात्रै सुशासन आउँदैन : शेखर कोइराला


३ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको जगबाट मात्र नेपालको सुन्दर भविष्य निर्माण गर्न सकिने बताएका छन् । 

नवौँ संविधान दिवसको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै सरकार र राजनीतिक दलहरूले नेपालको सुन्दर भविष्यका लागि सामाजिक न्याय, आर्थिक वृद्धि र सुशासनका पक्षमा केवल गफ र भाषणमात्रै नगरेर व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन् ।

नेता कोइरालाले अग्रज पुस्ताको गौरव गाथा सदा नेपाली जनताको मानसपटलमा अमर रहिरहने उल्लेख गर्दै वर्तमान संविधानले नेपाली जनताका कैयन सपनाहरूलाई सम्बोधन गरेको बताएका छन् । उनले भनेका छन्, ‘राज्यको भूमिका र सीमा मात्र होइन व्यक्तिको अधिकार र कर्तव्यलाई पनि संविधानले परिभाषित गरेको छ ।’

नागरिकको सम्प्रभुतालाई मूलमन्त्र ठानेर निर्माण भएको वर्तमान संविधानको राजनीतिक आयातनले ऐन, कानुन निर्माण र नीतिगत निर्णय लिने ठाउँमा सामाजिकरुपले वञ्चना परेका सबै समूहको प्रतिनिधित्व हुनु सामान्य कुरा नभएको कोइरालाको भनाइ छ ।

उनले महिलाहरूको राजनीतिक प्रतिनिधित्व राज्यको संरचनामा तलदेखि माथिसम्म अनिवार्य गर्नाले आधा जनसंख्या भएको समूह राष्ट्र निर्माणको प्रक्रियामा सहभागी हुने व्यवस्थाको सुनिश्चितता भएको बताएका छन् ।

नेता कोइरालाले नौ वर्ष अगाडि जारी भएको संविधानलाई इमानदारीपूर्वक लागू गर्न यस कालखण्डमा सत्तामा पुगेका नेताहरूले खासै ध्यान पुर्‍याउन  नसकेको उल्लेख गर्दै एकात्मक राज्यको सोच र सिंहदरबार नै सबैथोक हो भन्ने मानसिकताबाट मुक्त हुन सक्नुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ९ : ३७ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान