संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा | Khabarhub Khabarhub

संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले संविधान दिवसको विरोधमा जनकपुरधाममा कालो झण्डा गाडेको छ ।

वर्तमान संविधानले सबै नेपालीको अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै तमलोपाले जनकपुरधामस्थित भानु चोकमा कालो झण्डा गाडेको हो ।

तमलोपाका केन्द्रीय सदस्य ईश्वर पण्डित नेतृत्वका तमलोपा कार्यकर्ताले नारावाजी गर्दै कालो झण्डा गाडेका हुन् ।

विरोधमा सहभागी मलोपा केन्द्रीय सदस्य विभा ठाकुरले मधेसी जनताको विरोधका बावजुद संविधान लादिएकाले वर्तमान संविधान अपूरो रहेको बताइन् ।

उनले सम्पूर्ण नेपालीका माग सम्बोधन नभएसम्म वर्तमान संविधानलाई यथास्थितिमा स्वीकार नगर्ने बताइन् ।

मधेसी जनतामाथि संविधान जबरजस्ती लादिएको भन्दै उनले अपूरो कुराको विरोध गरिरहने तमलोपाका नेतृ बिन्दु ठाकुरले बताइन् ।

तमलोपा अहिले मधेश प्रदेशमा सत्ता सहयात्री दलका रुपमा रहेको छ । यता केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई पनि तमलोपाले समर्थन गरेको छ । मधेशवादी दलहरूले पटक पटक सत्तामा गएर पनि संविधानको विरोध गर्न छाडेका छैनन् ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १२ : ११ बजे

भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा क्रिकेट टोलीको खेलमा लगातार

दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ– दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक

कराई डढेर फोहोर भएको छ ? चम्किलो बनाउन यसो गर्नुहोस्

काठमाडौं- स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको ठाउँ हो- भान्साकोठा । हामी

ओपनएआईले एआईमा आधारित वेब ब्राउजर ल्याउँदै, गुगल क्रोमलाई घाटा लाग्ने अनुमान

काठमाडौं– च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले एआईबाट सञ्चालन हुने वेब ब्राउजर