संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा « Khabarhub

संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले संविधान दिवसको विरोधमा जनकपुरधाममा कालो झण्डा गाडेको छ ।

वर्तमान संविधानले सबै नेपालीको अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै तमलोपाले जनकपुरधामस्थित भानु चोकमा कालो झण्डा गाडेको हो ।

तमलोपाका केन्द्रीय सदस्य ईश्वर पण्डित नेतृत्वका तमलोपा कार्यकर्ताले नारावाजी गर्दै कालो झण्डा गाडेका हुन् ।

विरोधमा सहभागी मलोपा केन्द्रीय सदस्य विभा ठाकुरले मधेसी जनताको विरोधका बावजुद संविधान लादिएकाले वर्तमान संविधान अपूरो रहेको बताइन् ।

उनले सम्पूर्ण नेपालीका माग सम्बोधन नभएसम्म वर्तमान संविधानलाई यथास्थितिमा स्वीकार नगर्ने बताइन् ।

मधेसी जनतामाथि संविधान जबरजस्ती लादिएको भन्दै उनले अपूरो कुराको विरोध गरिरहने तमलोपाका नेतृ बिन्दु ठाकुरले बताइन् ।

तमलोपा अहिले मधेश प्रदेशमा सत्ता सहयात्री दलका रुपमा रहेको छ । यता केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई पनि तमलोपाले समर्थन गरेको छ । मधेशवादी दलहरूले पटक पटक सत्तामा गएर पनि संविधानको विरोध गर्न छाडेका छैनन् ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १२ : ११ बजे

समावेशी आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य