'संविधानले समानुपातिक प्रतिनिधित्व सुनिश्चितता गरेको छ' | Khabarhub Khabarhub

‘संविधानले समानुपातिक प्रतिनिधित्व सुनिश्चितता गरेको छ’


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वर्तमान संविधानले गरेका व्यवस्था र परिकल्पना अनुसारको अभ्यासमा मुलुक क्रियाशील रहेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा सुदूरपश्चिम प्रदेश मूल समारोह समितिले बिहीबार धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले वर्तमान संविधानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको छ भने । उनले नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बाल मताधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य जस्ता लोकतान्त्रिक मूल्य र मान्यताको जगमा दिगो शान्ति सुशासन विकास र समृद्धि प्राप्तिका लागि मार्ग प्रशस्त गरेको बताए।

मुख्यमन्त्री शाहले केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको स्थापनामा सङ्घात्मक शासन प्रणालीको व्यवस्था गर्नु यो सङ्घीयताको अर्को महत्वपूर्ण उपलब्धि रहेको छ भने । साझा शासन र सुशासनको उचित तालमेल मिलाई, सहकार्यता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको दिगो व्यवस्थापन गर्न वर्तमान संविधानले दिशा निर्देश गरेको उनले उल्लेख गरे।

‘नेपालको संविधानले कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरेको व्यवस्था गरेको छ,’ उनले भने, ‘यसअघिका संविधानभन्दा उन्नत मौलिक हकहरुको व्यवस्था गरी तिनीहरूको प्रभावकारी कार्यान्वयनका लागि दिशा निर्देश गर्नाका साथै राज्यका सबै निकायमा समावेशी, समानुपातिक प्रतिनिधित्व सुनिश्चितता गरेको छ ।’

वर्तमान संविधानले नेपालको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल नहुनेगरी संविधान संशोधन गर्ने मार्ग प्रशस्त गरेको स्पष्ट पारे ।

सो अवसरमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले वर्तमान संविधानले सबै विभेद र उत्पीडनहरूको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ भने। 


कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, सभामुख, उपसभामुख, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभाका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १२ : १५ बजे

बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या २४६ पुग्यो

काठमाडौं– बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या २४६ पुगेको हो ।

प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध

रामपुर– रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह

लेबनानबाट नौ सयभन्दा बढी अष्ट्रेलियाली नागरिकको उद्धार

एजेन्सी– लेबनानमा इजरायलले आफ्नो आक्रमणलाई तीब्र पारेपछि अष्ट्रेलियाले सोमबारसम्ममा ९००

जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको

नारायणगढ-बुटवल सडक मर्मतलाई प्राथमिकता दिन निर्देशन

नवलपुर– यही असोज १८ गते सडक भासिँदा १२ घण्टाभन्दा लामो