माओवादी बैठक : अखिल क्रान्तिकारीको सम्मेलन १० दिनभित्र गर्ने निर्णय « Khabarhub

माओवादी बैठक : अखिल क्रान्तिकारीको सम्मेलन १० दिनभित्र गर्ने निर्णय


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन १० दिनभित्र गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संगठन इन्चार्ज र अध्यक्षसँग छलफल गरेर १० दिनभित्र राष्ट्रिय सम्मेलन गर्ने गरि मिति तय गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

प्रवक्ता सापकोटाले पार्टीलाई बलियो बनाउन जनवर्गीय संगठनहरूको भूमिका महत्वपूर्ण हुने भएकाले संगठनलाई बलियो बनाउनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

अहिलेको भू–राजनीतिक अवस्था थप जटिल हुँदै गएकाले पार्टीलाई एकतावद्ध ढंगले अघि बढाइने उनले बताएका छन् ।

अखिल क्रान्तिकारीले केही प्रदेशको सम्मेलन हुन बाँकी रहेकाले तत्कालका लागि पूर्वनिर्धारित सम्मेलन स्थगित गरेको सूचना निकालेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १२ : २२ बजे

माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ