मुगुमा असोज ७ देखि सुपथ मूल्य पसल सञ्चालन हुने « Khabarhub

मुगुमा असोज ७ देखि सुपथ मूल्य पसल सञ्चालन हुने


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मुगु– नेपालीहरूको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले आज एक कार्यक्रम गर्दे चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज ७ गतेदेखि  माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जानकारी गराएको हो ।

जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालन गरिने बताइएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गरिएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड मुगुका कार्यालय प्रमुख राज बहादुर राईले बताए । सुपथ मूल्य पसलमा उपभोक्ताले प्रतिकेजी ५ रुपैयाँका दरले छुट पाउने उनले जानकारी दिए । 

चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको उनको भनाई छ । सुपथ मूल्य पसलका लागि २ हजार क्विन्टल चामल बितरण गरिने बताए । 


प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ४ : ३८ बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित