फिजीका विद्रोही नेता स्पेइटलाई जेल सजाय माफी « Khabarhub

फिजीका विद्रोही नेता स्पेइटलाई जेल सजाय माफी


३ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुभा– फिजीका पूर्व विद्रोही नेता जर्ज स्पेइटलाई बिहीबार राष्ट्रपतिबाट माफी दिइएको छ । देशद्रोहको आरोपमा २४ वर्ष जेलमा बिताएपछि माफीपछि उनी बिहीबार नै रिहा भएका छन् । 

फिजी करेक्सन सर्भिसले भनेको पूर्वव्यवसायी विद्रोही नेता स्पेइटसहित छ  जनालाई औपचारिक रूपमा माफी दिइएको छ । 

राजनीतिक रूपमा संवेदनशील मुद्दाहरू समाधान गर्न गठन गरिएको ‘दया आयोगको सिफारिसमा उनलाई क्षमादान दिइएको छ । 

स्पेइटले सन् २००० को जातीय विद्रोहको नेतृत्व गरेका थिए भने उनको समूहले प्रधानमन्त्री महेन्द्र चौधरी र सांसदहरूलाई ५६ दिनसम्म बन्धक बनाएको थियो । 

स्पेइटले आफ्नो रिहाइ आदिवासी फिजिबासीहरूको विजय भएको छ । उनको गिरफ्तारीले फिजप्मा दङ्गा मच्चेको र जेलमा रहेका समय उनलाई संसद्‌मा निर्वाचित गरेका थिए । 

देशद्रोहको आरोप लागे पनि उनलाई दिइएको मृत्युदण्डको सजाय भने घटाइएको थियो।

विशेष गरी आदिवासी फिजियन सहयोगीहरूले उनको माफी र रिहाईको मुद्दा वर्षौंदेखि उठाएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ४ : ४२ बजे

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स