‘मुभी लभर्स कम्युनिटी’ले फिल्म ‘आँखा’को विशेष प्रदर्शन गर्ने « Khabarhub

‘मुभी लभर्स कम्युनिटी’ले फिल्म ‘आँखा’को विशेष प्रदर्शन गर्ने


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जोन योञ्जनको निर्माण र निर्देशनमा बनको फिल्म ‘आँखा’को विशेष शो हुने भएको छ ।

फरक धारमा बनेका फिल्महरुको विशेष प्रदर्शन र त्यसमा बहस गर्दै आएको सामाजिक सञ्जालमा सक्रिय ‘मुभी लभर्स कम्युनिटी’ यसको आयोजना गरेको हो ।

सहरी गरिब र सुकुम्वासीको कथामा आधारित फिल्मलाई कम्युनिटीले असोज ८ गते विशेष प्रदर्शन गर्न लागेको हो । विशेष शो सुन्धारास्थित सिडीसी सिनेमा ५ बजेबाट सुरु हुनेछ ।

मूलधारभन्दा फरक शैलीमा निर्माण भएका फिल्मलाई दर्शकसामु पुर्‍याउन र त्यसमा बहस गर्न विशेष प्रदर्शन गर्न लागिएको कम्युनिटीले जनाएको छ ।

‘राम्रा नेपाली फिल्मलाई माया गरौँ भन्ने हाम्रो आवाजलाई थप बल दिन यो स्क्रिनिङ गर्न लागेका हौँ,’ कम्युनिटीले फेसबुकमा लेखेको छ ।

निर्देशक योञ्जनका अनुसार फिल्म ‘आँखा’मा समाजको तल्लो वर्गको संघर्षको कथा छ । फिल्मबारे उनी भन्छन्, ‘यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको दुःख र बाँच्नका लागि मानिसहरूले गर्ने सङ्घर्षको मार्मिक दृष्टिकोण हो । दुःख पनि एक्लोपन जत्तिकै भयानक र त्रासद हुन्छ भन्ने कुरा फिल्ममा देख्न पाइन्छ ।’

असोज ११ बाट प्रदर्शनमा आउने यस फिल्ममा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारीलगायत कलाकारको मुख्य भूमिका छ ।

‘मुभी लभर्स कम्युनिटी’ स्थापन भएको दश वर्ष पुगेको छ । सोही अवसरले यसले आँखाको विशेष शो आयोजना गरेको हो ।

यसअघि यो कम्युनिटीले ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’, ‘आचार्य’, ‘डाकिनी’, ‘म अलप हुन चाहन्छु’लगायतका चलचित्र र वृत्तचित्रको विशेष शो आयोजना गरेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ८ : ०८ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको