‘मुभी लभर्स कम्युनिटी’ले फिल्म ‘आँखा’को विशेष प्रदर्शन गर्ने « Khabarhub

‘मुभी लभर्स कम्युनिटी’ले फिल्म ‘आँखा’को विशेष प्रदर्शन गर्ने


३ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जोन योञ्जनको निर्माण र निर्देशनमा बनको फिल्म ‘आँखा’को विशेष शो हुने भएको छ ।

फरक धारमा बनेका फिल्महरुको विशेष प्रदर्शन र त्यसमा बहस गर्दै आएको सामाजिक सञ्जालमा सक्रिय ‘मुभी लभर्स कम्युनिटी’ यसको आयोजना गरेको हो ।

सहरी गरिब र सुकुम्वासीको कथामा आधारित फिल्मलाई कम्युनिटीले असोज ८ गते विशेष प्रदर्शन गर्न लागेको हो । विशेष शो सुन्धारास्थित सिडीसी सिनेमा ५ बजेबाट सुरु हुनेछ ।

मूलधारभन्दा फरक शैलीमा निर्माण भएका फिल्मलाई दर्शकसामु पुर्‍याउन र त्यसमा बहस गर्न विशेष प्रदर्शन गर्न लागिएको कम्युनिटीले जनाएको छ ।

‘राम्रा नेपाली फिल्मलाई माया गरौँ भन्ने हाम्रो आवाजलाई थप बल दिन यो स्क्रिनिङ गर्न लागेका हौँ,’ कम्युनिटीले फेसबुकमा लेखेको छ ।

निर्देशक योञ्जनका अनुसार फिल्म ‘आँखा’मा समाजको तल्लो वर्गको संघर्षको कथा छ । फिल्मबारे उनी भन्छन्, ‘यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको दुःख र बाँच्नका लागि मानिसहरूले गर्ने सङ्घर्षको मार्मिक दृष्टिकोण हो । दुःख पनि एक्लोपन जत्तिकै भयानक र त्रासद हुन्छ भन्ने कुरा फिल्ममा देख्न पाइन्छ ।’

असोज ११ बाट प्रदर्शनमा आउने यस फिल्ममा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारीलगायत कलाकारको मुख्य भूमिका छ ।

‘मुभी लभर्स कम्युनिटी’ स्थापन भएको दश वर्ष पुगेको छ । सोही अवसरले यसले आँखाको विशेष शो आयोजना गरेको हो ।

यसअघि यो कम्युनिटीले ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’, ‘आचार्य’, ‘डाकिनी’, ‘म अलप हुन चाहन्छु’लगायतका चलचित्र र वृत्तचित्रको विशेष शो आयोजना गरेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ८ : ०८ बजे

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः