देशभरका ६४ अस्पतालबाट ज्येष्ठ नागरिकलाई उपचारमा ५० प्रतिशत छुट   « Khabarhub

देशभरका ६४ अस्पतालबाट ज्येष्ठ नागरिकलाई उपचारमा ५० प्रतिशत छुट  


३ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा थप गरेको छ ।

सरकारले देशभर ६२ वटा स्वास्थ्य सेवाबाट ज्येष्ठ नागरिकलाई सेवा प्रदान गर्दै आएकोमा चालु आर्थिक वर्ष २०८१-२०८२ मा डोटीस्थित डोटी अस्पताल र अछामस्थित मंगलसेन अस्पतालमा थप गरी ६४ वटा संस्थाबाट सेवा प्रदान गरेको हो । 

ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन अनुसार अस्पतालमा उमेरहद, शारीरिक अशक्तता र आर्थिक स्थितिको मापदण्डका आधारमा सेवा दिनुपर्छ । जसअनुसार ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ ।

यस्तै, ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट अनुसार निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ । ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा अस्पताल व्यवस्थापनबाट उपदफा (क)मा तोकिएका सेवाहरूको दायरा बढाइ स्वास्थ्य उपचार सेवामा ७५ प्रतिशत छुट दिनुपर्नेछ ।

८० देखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई उपदफा (ख) मा तोकिएका सेवाहरूको दायरा बढाइ स्वास्थ्य उपचार सेवामा शतप्रतिशत छुट दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ । ८५ वर्षभन्दामाथिका व्यक्तिलाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरू निःशुल्क उपलब्ध गराउनुपर्नेछ ।

 अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गर्दा लागेको खर्चमा कुनै छुट सुविधा नहुने मार्गदर्शनमा उल्लेख छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ५ : ५२ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६