देशभरका ६४ अस्पतालबाट ज्येष्ठ नागरिकलाई उपचारमा ५० प्रतिशत छुट   | Khabarhub Khabarhub

देशभरका ६४ अस्पतालबाट ज्येष्ठ नागरिकलाई उपचारमा ५० प्रतिशत छुट  


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा थप गरेको छ ।

सरकारले देशभर ६२ वटा स्वास्थ्य सेवाबाट ज्येष्ठ नागरिकलाई सेवा प्रदान गर्दै आएकोमा चालु आर्थिक वर्ष २०८१-२०८२ मा डोटीस्थित डोटी अस्पताल र अछामस्थित मंगलसेन अस्पतालमा थप गरी ६४ वटा संस्थाबाट सेवा प्रदान गरेको हो । 

ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन अनुसार अस्पतालमा उमेरहद, शारीरिक अशक्तता र आर्थिक स्थितिको मापदण्डका आधारमा सेवा दिनुपर्छ । जसअनुसार ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ ।

यस्तै, ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट अनुसार निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ । ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा अस्पताल व्यवस्थापनबाट उपदफा (क)मा तोकिएका सेवाहरूको दायरा बढाइ स्वास्थ्य उपचार सेवामा ७५ प्रतिशत छुट दिनुपर्नेछ ।

८० देखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई उपदफा (ख) मा तोकिएका सेवाहरूको दायरा बढाइ स्वास्थ्य उपचार सेवामा शतप्रतिशत छुट दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ । ८५ वर्षभन्दामाथिका व्यक्तिलाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरू निःशुल्क उपलब्ध गराउनुपर्नेछ ।

 अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गर्दा लागेको खर्चमा कुनै छुट सुविधा नहुने मार्गदर्शनमा उल्लेख छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ५ : ५२ बजे

एउटै फार्मबाट दुई लाखको फूल बिक्री

रामपुर – पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर

रविको फोटोमै भाइटीका !

काठमाडौं– सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय

युवा संकल्प यात्रा कात्तिक २३ गतेदेखि

काठमाडौं – नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित

चिनियाँ जहाजलाई इण्डोनेशियाले फिर्ता पठायो

काठमाडौँ– इण्डोनेशियाले दक्षिण चीन सागरको विवादित जलक्षेत्रबाट चिनियाँ तटरक्षक जहाजलाई

छठका लागि सजाइँदै जनकपुरधामका तलाउ (तस्बिरहरू)

जनकपुरधाम– उल्लासपूर्वक मनाइने महान् पर्व छठको तयारी तीव्रगतिमा गरिँदै छ