हङकङमा ‘गाउँ आएको बाटो’को विशेष प्रदर्शनी « Khabarhub

हङकङमा ‘गाउँ आएको बाटो’को विशेष प्रदर्शनी


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘गाउँ आएको बाटो’को हङकङमा विशेष शो गरिने भएको छ। हङकङको केनेडी टाउनस्थित ‘गोल्डेन सिन सिनेमा’मा शुक्रबार (अक्टोबर २०) विशेष प्रदर्शन हुने भएको हो ।

निर्माता अमोद राईका अनुसार फिल्मको हङकङ प्रदर्शन अधिकार ‘गोल्डेन सिन सिनेमा’ले किनेको छ । यो कम्पनीले पहिलो पटक नेपाली सिनेमाको प्रदर्शन अधिकार किनेको हो ।

गोल्डेन सिन सिनेमा’ले आफ्नै हलमा फिल्म प्रदर्शन गर्न लागेको निर्माता राईले बताए । भन्छन्, ‘यो चलचित्र हङकङवासीका लागि विशेष छ। नेपालको फिल्म इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू यो चलचित्र संलग्न भएर काम गरेका छन्।’

यस फिल्ममा हङकङकी हाइडी लीको संगीत छ । त्यस्तै, चलचित्रमा सम्पादन ताइवानका क्वान पुन लुङले गरेका हुन् ।

फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ।

यसअघि यो फिल्म क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, चीनको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव लगायतमा प्रदर्शन गरिएको थियो।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ७ : ५८ बजे

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

काठमाडौं– नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक