सुर्खेत- राउटे समुदायका एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेका छन् । ६ महिनादेखि बिरामी उनो प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई क्षयरोग भएको प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ । अस्पतालले उनको उपचार हुन नसक्ने बताएपछि राउटेबस्ती लैजाँदै गर्दा बाटोमै बुधबार राति मृत्यु भएको हो ।
उनी धेरै बिरामी भएपछि मात्रृ अस्पताल ल्याइएको थियो । अहिले राउटे समुदाय दैलेखको गुराँस गाउँपालिका–१ सिमेसालमा बसिरहेका छन् । उनको मृत्युपछि राउटेको संख्या १३४ मा झरेको छ ।
राउटेहरुको स्वास्थ्यमा समस्या आउदा समयमा उपचार नगर्ने र जीवनशैलीका कारण जनसंख्या हरेक वर्ष घटिरहेको छ ।
प्रतिक्रिया