देश/प्रदेश

२२ वर्षीय राउटे युवकको टीबीबाट मृत्यु, जनसंख्या १३४ मा झर्‍यो

By खबरहब

September 19, 2024

सुर्खेत- राउटे समुदायका एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेका छन् । ६ महिनादेखि बिरामी उनो प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई क्षयरोग भएको प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ । अस्पतालले उनको उपचार हुन नसक्ने बताएपछि राउटेबस्ती लैजाँदै गर्दा बाटोमै बुधबार राति मृत्यु भएको हो ।

उनी धेरै बिरामी भएपछि मात्रृ अस्पताल ल्याइएको थियो । अहिले राउटे समुदाय दैलेखको गुराँस गाउँपालिका–१ सिमेसालमा बसिरहेका छन् । उनको मृत्युपछि राउटेको संख्या १३४ मा झरेको छ ।

राउटेहरुको स्वास्थ्यमा समस्या आउदा समयमा उपचार नगर्ने र जीवनशैलीका कारण जनसंख्या हरेक वर्ष घटिरहेको छ ।