नेपालको संविधान विश्वमै उत्कृष्ट छ : नेता महत « Khabarhub

नेपालको संविधान विश्वमै उत्कृष्ट छ : नेता महत


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुने बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ का अवसरमा जिल्ला मूल समारोह समिति नुवाकोटले आज तादी गाउँपालिका–३ खरानीटारमा आयोजना गरेको प्रवचन कार्यक्रममा उनले दुई कार्यकालको संविधानसभाले सबै पक्षलाई न्याय हुने गरी संविधान निर्माण गरेको र यो विश्वमै उत्कृष्ट रहेको दाबी गरे ।

“संविधानमा राज्य सञ्चालनका हरेक तहमा महिलासहित लक्षित वर्गको सहभागिता सुनिश्चित गरिएको छ । यो जनताले बनाएको संविधान भएकाले यसको पूर्ण कार्यान्वयन गर्नु सबैको दायित्व हो”, उनले भने ।

नेता महतले वर्तमान गठबन्धन सरकारले संविधान संशोधनका विषयमा छलफल जारी राखेकाले सहमतिबाट निर्णयमा पुगिने धारणा राख्नुभयो संविधान संशोधनमा जनताको सुझाव, संसद्मा सहमति र सबै राजनीतिक दलगतको छलफलबाट निष्कर्षमा पुगिने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ८ : ४० बजे

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन

बालुवाटारमा प्रधानमन्त्री कार्की र तीन दलका नेताबीच छलफल जारी (तस्बिरहरु)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच

जेन-जी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा– जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने

प्रधानमन्त्री कार्कीसँग देउवा, ‌ओली र प्रचण्डको छलफल

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी