करिब नौ करोड बराबरको मालवस्तु बङ्लादेश निर्यात « Khabarhub

करिब नौ करोड बराबरको मालवस्तु बङ्लादेश निर्यात


३ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रु आठ करोड ९९ लाख २० हजार आठ सय एक बराबरको मालवस्तु बङ्गलादेश निर्यात भएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यावस्था लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार सोही अवधिमा ६६ करोड ८४ लाख ३३ हजार एक सय ४२ बराबरको सामान बङ्गलादेशबाट आयात भएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार नेपालबाट मुख्य रुपमा खुदो बङ्गलादेश निर्यात भइरहेको छ । दुई महिनामा रु सात करोड ६७ लाख ८१ हजार ५२२ मूल्य बराबरको खुदो निर्यात भएको छ ।

गोदाम व्यावस्था कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुुसार सो अवधिमा जुट, पेपर, औषधि, ब्याट्री, फेब्रिक एण्ड रेडिमेड ग्रामेन्ट, प्लास्टिक फर्निचरलगायत मालबस्तु बङ्गलादेशबाट आयात भएका छन् । सो अवधिमा सबैभन्दा बढी रु ४१ करोड ५७ लाख ८७ हजार छ सय ५२ मूल्य बराबरको जुट आयात भएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ९ : ०१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल