महिला टि-२० विश्वकप : फाइनलमा दक्षिण अफ्रिका र न्यूजिल्यान्डको भिडन्त | Khabarhub Khabarhub

महिला टि-२० विश्वकप : फाइनलमा दक्षिण अफ्रिका र न्यूजिल्यान्डको भिडन्त


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

यूएई – महिला टि-२० विश्वकप क्रिकेटको फाइनलमा न्यूजिल्यान्ड र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्ने भएका छन्। दोस्रो सेमिफाइनलमा गएराति वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा पुगेको हो। यसअघि पहिलो सेमिफाइलनमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगिसकेको छ।

दोस्रो सेमिफाइनलमा टस जितेर सुरुमा ब्याटिङ रोजेको न्यूजिल्यान्डले दिएको १२९ रनको लक्ष्य भेट्न नसक्दा वेस्ट इन्डिज फाइनल प्रवेशमा चुकेको हो। पूरै २० ओभर खेलेको वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा मात्र १२० रन बनाउन सक्यो।

न्यूजिल्यान्डलाई जित दिलाउने क्रममा एडन कार्सनले ४ ओभरमा २९ रन खर्चिँदै ३ विकेट लिइन्। यसैगरी एमेली केयरले किफायती बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारिन। कार्सन सो खेलको उमन अफ द म्याच समेत घोषित भइन्।

वेस्ट इन्डिजका लागि अलराउण्ड प्रदर्शन गरेकी डियट्रा डोटिनले २२ बलमा ३३ रन जोडिन्। एफी फ्लेटचर १७ रनमा अविजित रहिन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ९ विकेटको क्षतीमा १२८ रन जोडेको हो। टोलीका सुजी बेट्सले २६ तथा जर्ज प्लिमरले ३३ रनको योगदान गरे। इस्बेला गाजा १४ बलमा २० रन जोड्दै अविजित रहिन् भने ब्रुक हलीले ९ बलमा १८ रन जोडिन्। वेस्ट इन्डिजका लागि डोटिनले ४ ओभरमा २२ रन खर्चिँदै ४ विकेट लिइन्।

भारत, पाकिस्तान र श्रीलंका सेमिफाइनल समीकरण अगाडि नै बाहिरिएको यो प्रतियोगितामा फाइनल भिडन्तमा न्यूजिल्यान्ड पुगेको हो।

दक्षिण अफ्रिका र न्यूजिल्यान्डको फाइनल प्रतिस्पर्धा आइबार साँझ पौने ८ बजे यूएईको दुबईस्थित सारजहामा हुनेछ।

यो पनि पढ्नुहोस्

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका महिला टी-२० विश्वकपको फाइनलमा

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ५ : ४८ बजे

सरकारका यी ११२ संस्थान र निकाय, जहाँ भेटिएन एक रुपैयाँ पनि बेरूजु

काठमाडौं– महालेखापरीक्षकको कार्यलयले संघ, प्रदेश र स्थानीय तहअन्तर्गत सरकारी कार्यलय

रुसी सेनासँग व्यावहारिक सहयोग विस्तार गर्न चीन तयार

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध

उपप्रधानमन्त्री सिंह र एडीबी उपाध्यक्ष फातिमाबीच भेट 

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग एसियाली विकास बैंक (एडीबी)का

कर्णालीका सबै पालिकामा बीमाको पहुँच पुर्‍याउनुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली देशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा विपद्को साथी भएको

नेप्से निरन्तर ओरालो, कारोबार ७ अर्बमा सीमित 

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब साढे ८ अंककले