सडक विभागको उच्चस्तरीय टोलीद्वारा फोक्सिङटार पुलको निरीक्षण « Khabarhub

सडक विभागको उच्चस्तरीय टोलीद्वारा फोक्सिङटार पुलको निरीक्षण


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खोटाङ– सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएपछि सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले निरीक्षण गरेका छन् । सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख डा विजय जैसी नेतृत्वको टोलीले निरीक्षण गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराई, दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई, सडक विभागका महाशाखा प्रमुख ललिजन खनाल, पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञ डा. राजन सुवाल र डा भरत मण्डलसहितको टोली फोक्सिङटार पुगेका थिए । नदीमा हाल पानीको सतह घटेको र बगाउन बाँकी रहेको २० मिटर भाग सुरक्षित रहेको निष्कर्ष निकालेको छ ।

बाढीले बगाएर बाँकी रहेको भागको भारवहन क्षमता जाँच गरेर त्यसमाथि ८० मिटर लम्बाइको बेलिबृज लगाउने या पुल बगाएको स्थानभन्दा केही माथि एक सय २० मिटरको बेलिबृज हालेर यातायात सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको पुल महाशाखा प्रमुख ललिजन खनालले जानकारी दिए । सडक विभागले ८० मिटर बढी लम्बाइको बेलिब्रीज भारत सरकारसँग माग गरेको र आउने बित्तिकै जडान गरिने महाशाखा प्रमुख खनालले बताए ।

बाढीले फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । बाढीले फोक्सिङटार पुल बगाएपछि जिल्लाका विभिन्न नाका जोड्ने झोलुङ्गेपुलको मर्मत सम्बन्धित स्थानीय तहले तीव्रता दिएका छन् ।

गत असोज ३० गते प्रतिनिधिसभा सदस्य रामकुमार राई नेतृत्वको जनप्रतिनिधि तथा सरोकारवाला निकायका संयुक्त टोलीले बाढीपहिरोले क्षतिग्रस्त जिल्लाका भौतिक संरचना तत्काल पुनर्निर्माणको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

बाढीपहिरोले अवरुद्ध जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडक भने, पहिरो पन्छाएर सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ६ : १७ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण