सिर्सिया सुक्खाबन्दरगाहबाट तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन | Khabarhub Khabarhub

सिर्सिया सुक्खाबन्दरगाहबाट तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कुल वार्षिक लक्ष्यको २१ दशमलव २५ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलन २५ करोड ८४ लाख ११ हजार ले कमी भएको बताए ।

‘गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधन र मदिराजन्य पदार्थको आयातमा गिरावट आएसँगै राजस्वमा प्रत्यक्ष असर पारेको देखिन्छ’, उनले भने, ‘चालु आवको दशैँमा पनि अपेक्षाकृत आयात बढ्न सकेन । जसले गर्दा राजस्वको लक्ष्य भेट्टाउन सकेन ।’

कार्यालयले चालु आवको पहिलो महिना साउनमा मासिक लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन ग¥यो । त्यस्तै चालु आवको दोस्रो महिना भदौमा मासिक लक्ष्यको ८८ दशमलव ५० प्रतिशत अर्थात चार अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व सङ्कलन ग¥यो ।

त्यस्तै चालु आवको तेस्रो महिना अर्थात असोजमा भने मासिक लक्ष्यको ९० दशमलव ३१ प्रतिशत अर्थात चार अर्ब ३६ करोड ३७ लाख नौ हजार राजस्व सङ्कलन ग¥यो ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा १३ अर्ब ११ करोड ६२ लाख ३२ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ८ : ११ बजे

तराई र पहाडका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पिकेडाँडामा सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

सोलुखुम्बु – जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य

सलाह र एम्बाप्पे पेनाल्टीमा चुकेको खेलमा लिभरपुलसँग रियल म्याड्रिड पराजित

लन्डन – युरोपेली च्याम्पियन्स लिगमा लिभरपुलको विजय शृङ्खला कायम नै

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल मंसिर १३ गते बिहीबार तदनुसार