गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, ३३ जनाको ज्यान गयो  « Khabarhub

गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, ३३ जनाको ज्यान गयो 


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तरी गाजाको शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा परी २१ महिला सहित ३३ जनाको ज्यान गएको छ । 

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले यसको जानकारी गराए पनि जबालियाको सो घटनाका बारे इजरायल मौन नै छ । नेता याया सिनावरको मृत्यु पछि युद्ध विरामको झिनो आशा पलाए पनि समूहका उप नेताहरूले हमास अझ बलियो भएर प्रस्तुत हुने बताउन थालेका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले हिलबुल्लाहले लडी रहेको लेबनानमा शान्तिको सम्भावना रहेको बताए पनि गाजामा हमाससँगको युद्ध विरामको सम्भावना कमै देखिएको छ । जर्मनीको राजधानी बर्तिनमा बेलायत, फ्रान्स र जर्मनीका नेताहरूसँगको भेट सकिए फर्कने क्रममा उनले सो कुरा बताएका हुन् । 

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारको सो घटनामा ३ घरमा बसेका ८५ जना गम्भीर घाइते भएका छन् । यस कारण मर्नेको सङ्ख्या ५० सम्म पुग्न सक्ने अनुमान गरिएको छ । हमासको दाबीलाई पुष्टि गर्ने तटस्थ आधार छैन । मूल सहरबाट टाढा छुट्टिएर बसेको उत्तरी गाजामा टेलिकम्युनिकेसन र इन्टरनेट सेवा अवरुद्ध छ । त्यहाँ मृतहरूको शव व्यवस्थापन गर्न एम्बुलेन्स सेवा तैनाथ गरिएको अस्पताल भरिभराउ भएका कारण भुईँमा राखेर उपचार गराइएको समेत जनाइएको छ । सो घटना भन्दा अघि नै ३९ मारिएको अर्को एक समाचारमा जनाइएको छ ।

गत २ साता देखि ४ लाख मानिसहरू ट्र्यापमा परेका छन् । त्यहाँ खाद्यान्न र पानीको अभाव छ । राष्ट्र सङ्घको मानवीय सहयोगका कार्यालयका प्रमुख जर्जियस पेट्रोपोलियसले जाबालियमा रहेका परिवारको अवस्था निरीह रहेको जनाएका छन् । 

इजरायलले शुक्रवार सो स्थानमा उत्तरी गाजामा खानेकुरा, पानी, औषधी र बसोबासका लागि आवश्यक पर्ने सामान गरी ३० लरी मानवीय सहयोगको कुरा पठाएको कुरा जनाएका छन् । इजरायली प्रधानमन्त्री इमाली चिक्लीले केही प्रतिबन्धित स्थानमा सामान लैजान बन्देज लगाएको तथा अन्य सर्वसाधारणलाई सुरक्षित स्थान जान भनेको बताए । उनले अन्तर्राष्ट्रिय कानुन अनुसार इजरायल सही भएको दाबी समेत गरे । 

शुक्रबार नै हमासका उपनेता खालिल अल हैयाले इजरायलले प्यालेस्टाइन नछाडेसम्म बन्दी नछाड्ने बताएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  १२ : २५ बजे

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक