इजरायली प्रधानमन्त्रीको निवासमा हिजबुल्लाहद्वारा रकेट प्रहार  | Khabarhub Khabarhub

इजरायली प्रधानमन्त्रीको निवासमा हिजबुल्लाहद्वारा रकेट प्रहार 


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवास नजिकै लेबनानको हिजबुल्लाहले ड्रोन आक्रमण गरेको छ । 

इजरायली मिडियामा हाइफाको सिजेरिया क्षेत्रमा शनिवार बिहान विस्फोटको आवाज सुनिएको खबरहरू प्रकाशन र प्रसारण गरिएका छन् । 

इजरायली सेना (आईडीएफ) ले लेबनानबाट प्रहार गरिएको ड्रोन एक घरमा खसेको बताएको छ । उसले अहिलेसम्म विफोटबाट घाइते भएकाहरूका बारेमा कुनै सूचना नआएको पनि बताएको छ । 

यरुशलम पोस्टलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले सिजेरियामा ड्रोन आक्रमणको समयमा नै इजरायलको राजधानी तेल अविवमा पनि साइरनको आवाज सुनिएको जनाएका छन् । 

भारतीय सञ्चार माध्यम ‘नवभारत टाइम्स’ ले साउदी न्युज च्यानल ‘अल हदथ’ को हवाला दिँदै शनिवार बिहान प्रहार गरिएका ड्रोनमध्ये एकले सिजेरियामा रहेको प्रधानमन्त्री नेतन्याहुको निजी निवासलाई निशाना बनाएको दाबी गरेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  १ : २५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले