वर्षमानको दाबी- कांग्रेस–एमाले सम्बन्धमा दरार आइसक्यो, सरकार लामो जाँदैन  « Khabarhub

वर्षमानको दाबी- कांग्रेस–एमाले सम्बन्धमा दरार आइसक्यो, सरकार लामो जाँदैन 


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

रोल्पा– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको सम्बन्धमा दरार उत्पन्न भएको दाबी गरेका छन् ।

प्रेस सेन्टर रोल्पाले शनिबार सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस नेताहरूल सार्वजनिक रूपमै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र सरकारको रबैयाप्रति आलोचना गर्न थालेबाट दुई दलबीचको सम्बन्धमा खटपट उत्पन्न भएको पुष्टि हुने जिकिर गरे । 

दुई ठूला दल मिलेपछि मुलुकमा राजनीतिक स्थिरता आउँछ भन्ने विचार राख्दै आएका कांग्रेसका शीर्ष नेता मध्येका एक डा. शेखर कोइरालाले दुईतिहाइको सरकारले काम गर्न नसकेको अभिव्यक्ति दिन थालेको उपमहासचिव पुनले बताए । 

कोइरालाले नै ठूला दल मिल्दा लोकतन्त्र कमजोर हुने र जनतामा निराशा चुलिए व्यवस्थामै संकट आउने हो कि भन्ने आशंका व्यक्त गरेको पनि उनले बताए ।
उनले एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले करोडौँ मूल्य पर्ने १० रोपनी १४ आना जग्गा दान दिएको विषयमा कांग्रेस नेताहरूले सार्वजनिक रूपमै प्रश्न उठाएको बताए । 

‘प्रधानमन्त्रीले नैतिक रुपमा आफ्नो दलको कार्यालय बनाउन करोडौँ मूल्यको जग्गा दान लिन मिल्ने कि नमिल्ने ? त्यसबारे उहाँ र एमालेले जवाफ दिनुपर्ने कि नपर्ने ?,’ उपमहासचिव पुनले भने, ‘त्यसमा स्वार्थ छ कि छैन भनेर नेपाली कांग्रेसकै नेताहरूले प्रश्न उठाइरहनुभएको छ । सामान्य जनताले र प्रतिपक्षले प्रश्न उठाउनु सामान्य हो । सत्तारुढ दलभित्रैबाट प्रश्न उठाइनुले उहाँहरुबीचको सम्बन्ध सामान्य अवस्थामा छैन भन्ने देखाउँछ ।’ 

उपमहासचिव पुनले प्रधानमन्त्री स्वयम् र उनको दल एमालेले आफू सत्तामा बसेर अबौं–अर्ब चन्दा लिँदा लोकतन्त्रलाई सही ठाउँमा लैजान्छ कि लैजाँदैन भन्नेबारे जवाफ दिनुपर्ने पनि बताए । उनले कांग्रेस–एमाले बीचको अप्राकृतिक र रहस्यमय गठबन्धन लामो समय नजाने ठोकुवा गरे ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ३ : २४ बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का