वर्षमानको दाबी- कांग्रेस–एमाले सम्बन्धमा दरार आइसक्यो, सरकार लामो जाँदैन  | Khabarhub Khabarhub

वर्षमानको दाबी- कांग्रेस–एमाले सम्बन्धमा दरार आइसक्यो, सरकार लामो जाँदैन 


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

रोल्पा– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको सम्बन्धमा दरार उत्पन्न भएको दाबी गरेका छन् ।

प्रेस सेन्टर रोल्पाले शनिबार सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस नेताहरूल सार्वजनिक रूपमै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र सरकारको रबैयाप्रति आलोचना गर्न थालेबाट दुई दलबीचको सम्बन्धमा खटपट उत्पन्न भएको पुष्टि हुने जिकिर गरे । 

दुई ठूला दल मिलेपछि मुलुकमा राजनीतिक स्थिरता आउँछ भन्ने विचार राख्दै आएका कांग्रेसका शीर्ष नेता मध्येका एक डा. शेखर कोइरालाले दुईतिहाइको सरकारले काम गर्न नसकेको अभिव्यक्ति दिन थालेको उपमहासचिव पुनले बताए । 

कोइरालाले नै ठूला दल मिल्दा लोकतन्त्र कमजोर हुने र जनतामा निराशा चुलिए व्यवस्थामै संकट आउने हो कि भन्ने आशंका व्यक्त गरेको पनि उनले बताए ।
उनले एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले करोडौँ मूल्य पर्ने १० रोपनी १४ आना जग्गा दान दिएको विषयमा कांग्रेस नेताहरूले सार्वजनिक रूपमै प्रश्न उठाएको बताए । 

‘प्रधानमन्त्रीले नैतिक रुपमा आफ्नो दलको कार्यालय बनाउन करोडौँ मूल्यको जग्गा दान लिन मिल्ने कि नमिल्ने ? त्यसबारे उहाँ र एमालेले जवाफ दिनुपर्ने कि नपर्ने ?,’ उपमहासचिव पुनले भने, ‘त्यसमा स्वार्थ छ कि छैन भनेर नेपाली कांग्रेसकै नेताहरूले प्रश्न उठाइरहनुभएको छ । सामान्य जनताले र प्रतिपक्षले प्रश्न उठाउनु सामान्य हो । सत्तारुढ दलभित्रैबाट प्रश्न उठाइनुले उहाँहरुबीचको सम्बन्ध सामान्य अवस्थामा छैन भन्ने देखाउँछ ।’ 

उपमहासचिव पुनले प्रधानमन्त्री स्वयम् र उनको दल एमालेले आफू सत्तामा बसेर अबौं–अर्ब चन्दा लिँदा लोकतन्त्रलाई सही ठाउँमा लैजान्छ कि लैजाँदैन भन्नेबारे जवाफ दिनुपर्ने पनि बताए । उनले कांग्रेस–एमाले बीचको अप्राकृतिक र रहस्यमय गठबन्धन लामो समय नजाने ठोकुवा गरे ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ३ : २४ बजे

गणतन्त्रको विकल्प अर्को व्यवस्था हुन सक्दैन : प्रचण्ड

कञ्चनपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदका सपना

प्रि ओपन सेसन : झिनो अङ्कले घट्याे नेप्से

काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल

वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

वीरगञ्ज– वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको

धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही 

पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकमा