बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ प्रणालीमा दुई करोडको क्षति « Khabarhub

बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ प्रणालीमा दुई करोडको क्षति


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– गत असोज ११, १२ र १३ गतेकोअविरल वर्षासँगै आएको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ कार्यालय अन्तर्गत करिब रु दुई करोड  बराबरको भौतिक क्षति भएको छ । साथै सिँचाइ प्रणालीमा पुर्यायको क्षतिका कारण सिँचाइको कार्यमा  समस्या उत्पन्न भएको  कार्यालय प्रमुख रामदुलारी शरण भगतले जानकारी दिए।

बाढीले सो कार्यालयअन्र्तगत झाँझ सिँचाइ प्रणलीमा रहेका मूल नहर र शाखा नहरको ९बैक० डिल र तटबन्ध कटान गरेको, विभिन्न स्थानमा नहर तोडफोर गरेको र नहरको गेट तथा  हेडवक्र्समा क्षति पुर्‍याएको बताइएको छ । झाँझ नदीमा एक्कासी आएको बाढीले रौतहट जिल्लामा रहेको  झाँझ सिँचाइ प्रणालीमा करिब दुई करोड मूल्य बराबरको भौतिकरूपमा क्षति पुगेको  कार्यालयको प्रारम्भिक अनुमान छ । 

रौटहटको महम्मदपुर, शिवनगर, भेडियाही, देवाहीगुनाही तथा जयनगरलगायत ग्रामीण क्षेत्रमा बाढीले ठाउँठाउँमा भाँझ सिँचाइ प्रणालीको संरचना भत्काएको थियो । 

भाँझ सिँचाइ प्रणालीबाट चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको सो कार्यालयको सिँचाइ प्रणालीमा भएको क्षतिका सम्बन्धमा अनुगमन तथा निरीक्षण गरी सो क्षतिबारे जानकारी दिएको हो ।

उक्त क्षतिग्रस्त संरचनाको मर्मत सम्भार तथा निमार्णमा ठूलो रकम लाग्ने उनले बताए। समयमा मर्मत नगरेमा त्यहाँ आउँदो हिउँदे बालीमा नहर सञ्चालन गर्न नसक्ने अवस्था रहेको प्रमुख भगतले बताए। 

उक्त कार्यालयअन्तर्गत सिँचाइ आयोजनाको निर्माण २०३९-४० बाट सुरु भई २०४४-४५ बाट कार्यान्वयनमा आएको  बताइएको छ । 

कार्यालयअन्तर्गत सर्लाहीतर्फ हिरापुर ब्यारेज मनुष्कमारा सिँचाइ प्रणाली प्रथमबाट दुई हजार आठ सय हेक्टर तथा मानपुर ब्यारेज मनुष्मारा सिँचाइ प्रणाली दोस्रोबाट तीन हजार दुई सय हेक्टर गरी छ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको प्राप्त विवरणमा उल्लेख गरिएको छ ।  

रौतहटतर्फ झाँझ सिँचाइ प्रणालीबाट चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याएको छ । अर्थात सर्लाही तथा रौतहटमा गरी कूल १० हजार हेक्टर जमिनमा सो कार्यालयबाट सिँचाइ सुविधा पुर्याउँदै आएको कार्यालयले जनाएको छ ।

सो आयोजनाबाट हाल ६० हजार मेट्रिकटनभन्दा बढी खाद्यान्न उत्पादन सुरु भएको कार्यालय प्रमुख भगतले जानकारी दिए। चालू आर्थिक वर्षमा सो कार्यालयको पुँजीगत खर्च छ करोड तथा चालुगत खर्च रु एक करोड ११ लाख रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ४ : ३९ बजे

प्रतिपक्षी दललाई सभामुखले भने- आगामी बैठकहरूमा सबैसँग छलफल गरेर अगाडि बढ्छौँ

काठमाडौं– प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलले संसदीय अभ्यासअनुसार सासद्लाई

रास्वपाले तोक्यो सांसद र मन्त्रीको मासिक लेबी दर

काठमाडौं – सत्तारूढ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पदाधिकारी

१० करोड क्लबको अनुभवपछि अनमोलले फेरे काम गर्ने प्याट्रन

काठमाडौं – आफूलाई गोप्य राखेर स्टारडममा रमाउँदै आएका नायक अनमोल

काठमाडौं महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल

काठमाडौं– काठमाडौंका सडक र सहरी सुरक्षाका लागि काठमाडौं महानगरपालिकाले नेपाल

गृहमन्त्री गुरुङको स्पष्टीकरण : मेरो सम्पत्ति हजुरबुवाको अंशबण्डा हुनुअघि बाटैको, भ्रम नफैल्याउनू

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नमा स्पष्टीकरण