रौतहट एमालेका युवा नेता कुशवाहा सम्मानित « Khabarhub

रौतहट एमालेका युवा नेता कुशवाहा सम्मानित


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपा एमालेका युवा नेता तथा कटहरिया नगरपालिका वडा ४ का अध्यक्ष चन्दन कुशवाहा शनिबार एक समारोहका बिच सम्मानित भएका छन्।

नेपाल युवा लिग डेभलपमेन्ट सेन्टरको आयोजना लायन्स क्लब अफ चन्द्रपुर , लायन्स क्लब अफ काठमाडौं मिथिला सिटीको सहकार्यमा कटहरिया २ जमुनिया बजारमा भएको कार्यक्रममा युवा नेता तथा वडा अध्यक्ष कुष्वाहालाई सम्मानित गरिएको हो।

दोस्रो पटक वडा अध्यक्षको जिम्मेवारीमा रहेर सामाजिक हित र कल्याणका निमित निस्वार्थरूपले गरेको कामको उच्च मूल्यांकन गर्दै लायन्स क्लब चन्द्रपुरका अध्यक्ष वसीम अख्तर र नेपाल युवा लिग डेभलपमेन्ट सेन्टरका अध्यक्ष रिजवान बढईले संयुक्त रूपमा नेता कुशवाहा लाई कदरपत्र बाट सम्मानित गरेको थियो ।

कुशवाहा २०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको टिकट बाट र २०७९ को निर्वाचनमा नेकपा एमालेको टिकट बाट कटहरिया नगरपालिका ४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए। उनी निर्वाचित भएदेखि नै युवा तथा जनचाहना अनुसारको विकास निर्माणको काम गर्दै आएका छन्। 

आउँदो २०८४ को स्थानीय निर्वाचनमा युवा नेता चन्दन कुशवाहा कटहरिया नगरपालिकामा मेयर पदको लागि तयारी गरिरहेको चर्चा चुलिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ६ : २७ बजे

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु