क्युबामा देशभर विद्युत अवरुद्ध « Khabarhub

क्युबामा देशभर विद्युत अवरुद्ध


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ल्याटिन अमेरिकी देश क्युबाको मुख्य विद्युत् केन्द्र असफल भएपछि सिंगो देश विद्युत् संकटमा परेको छ । मुख्य पावर ग्रिड फेल भएपछि झण्डै देशैभर विद्युत् अवरुद्ध भएको छ ।

विद्युत् प्रणाली पुनर्स्थापनाका सम्बन्धमा अधिकारीहरूले कति समय लाग्छ थाहा नभएको बताएका छन् । क्युबामा पहिले नै लामो विद्युत कटौती भएको थियो, जसका कारण देशका प्रधानमन्त्रीले ‘ऊर्जा संकटकाल’ घोषणा गर्नुपरेको थियो ।

यद्यपि, शुक्रबार, मातान्जासमा देशको सबैभन्दा ठूलो एन्टोनियो गुटेरेस पावर प्लान्टको विफलताका कारण लगभग सम्पूर्ण देश बिजुली गुमायो ।

यस उर्जा संकटमा क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेल बर्मुडेजले उर्जा संकट समाधान गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन् । यो अवस्था सच्याउन नसक्दासम्म कसैलाई पनि आराम नहुने उनले बताएका छन् ।

शुक्रबार, क्युवाको सरकारले सबै विद्यालय र नाइटक्लबहरू बन्द रहने घोषणा गरेको थियो । साथै, संकटलाई ध्यानमा राख्दै सबै अनावश्यक गतिविधि बन्द गर्न र मानिसहरूलाई घरमै बस्न अपील गरिएको छ ।

क्युबाली स्थानीय सञ्चारमाध्यमका अनुसार अत्यावश्यकबाहेकका सरकारी सेवाहरू निलम्बन गरिएको छ । जनतालाई फ्रिज र त्यस्ता बिजुली खपत गर्ने उपकरणहरू बन्द राख्न पनि अपिल गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ७ : १५ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा