क्युबामा देशभर विद्युत अवरुद्ध « Khabarhub

क्युबामा देशभर विद्युत अवरुद्ध


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ल्याटिन अमेरिकी देश क्युबाको मुख्य विद्युत् केन्द्र असफल भएपछि सिंगो देश विद्युत् संकटमा परेको छ । मुख्य पावर ग्रिड फेल भएपछि झण्डै देशैभर विद्युत् अवरुद्ध भएको छ ।

विद्युत् प्रणाली पुनर्स्थापनाका सम्बन्धमा अधिकारीहरूले कति समय लाग्छ थाहा नभएको बताएका छन् । क्युबामा पहिले नै लामो विद्युत कटौती भएको थियो, जसका कारण देशका प्रधानमन्त्रीले ‘ऊर्जा संकटकाल’ घोषणा गर्नुपरेको थियो ।

यद्यपि, शुक्रबार, मातान्जासमा देशको सबैभन्दा ठूलो एन्टोनियो गुटेरेस पावर प्लान्टको विफलताका कारण लगभग सम्पूर्ण देश बिजुली गुमायो ।

यस उर्जा संकटमा क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेल बर्मुडेजले उर्जा संकट समाधान गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन् । यो अवस्था सच्याउन नसक्दासम्म कसैलाई पनि आराम नहुने उनले बताएका छन् ।

शुक्रबार, क्युवाको सरकारले सबै विद्यालय र नाइटक्लबहरू बन्द रहने घोषणा गरेको थियो । साथै, संकटलाई ध्यानमा राख्दै सबै अनावश्यक गतिविधि बन्द गर्न र मानिसहरूलाई घरमै बस्न अपील गरिएको छ ।

क्युबाली स्थानीय सञ्चारमाध्यमका अनुसार अत्यावश्यकबाहेकका सरकारी सेवाहरू निलम्बन गरिएको छ । जनतालाई फ्रिज र त्यस्ता बिजुली खपत गर्ने उपकरणहरू बन्द राख्न पनि अपिल गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ७ : १५ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले