भैरहवामा बिपी मेमोरियल कप सुरु « Khabarhub

भैरहवामा बिपी मेमोरियल कप सुरु


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – बिपी कोइरालाको स्मृतिमा भैरहवामा आजदेखि बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ सुरु भएको छ । आज भएको पहिलो खेलमा भारतीय क्लब लाइफ केयर क्रिकेट क्लबले पाकिस्तानी क्लबलाई नौ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानको जावेद इन्टरनेसनल स्पोर्ट्स एकेडमीले निर्धारित २० ओभर पनि खेल्न सकेन । कूल १८ दशमलव १ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै पाकिस्तानले ८९ रन मात्र बनाउन सक्यो । उसका लागि सर्वाधिक रन रिसभ जोशीले बनाए । रिसभले ३१ बलको सामना गर्दै चार छक्का र तीन चौकाको सहयोगमा ४६ रन बनाए ।

यस्तै, पाकिस्तानका अली हुसेनले २५ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कसमेत जोड्न सकेनन् । बलिङतर्फ भारतका रोहित डाङ्गवलले चार ओभरमा १९ रन खर्चिंदै पाकिस्तानको चार महत्वपूर्ण विकेट लिए । भारतकै योगेशकुमार र सक्षमले समान तीन÷तीन विकेट लिए ।

नब्बे रनको विजयी लक्ष्यसहित मैदान प्रवेश गरेका भारतको लाइफ केयर क्रिकेट क्लबले सात दशमलव पाँच ओभरमा एक विकेट गुमाउँदै विजयी भयो । आइपिएल खेलिसकेका भारतीय खेलाडी दीपक पुनियाले भारतका लागि ६४ रनको पारी खेले । उनले २५ बलको सामना गर्दै ६ छक्का र ६ वटा नै चौका प्रहार गरे ।

यस्तै, दिपांशु फोरेले अविजित २१ रन र राजेश शर्माले अविजित दुई रन बताए । पाकिस्तानका लागि एक मात्र विकेट पाकिस्तानको राष्ट्रिय टोलीमा समेत रहेका इमराननाजिरले लिए ।

प्रतियोगितामा बङ्गलादेशबाट गुलाज वरियर्स बङ्गलादेश, टाइगर्स इन्टरनेसनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११ रुपन्देही, लाइफ केयर क्रिकेट क्लब भारत, श्रीलङ्का स्टेट सर्विसेज क्रिकेट एसोसिएसनको टोलीको सहभागीता रहेको छ ।

विजयी टोलीलाई रु पाँच लाख र उपविजेता टोलीलाई रु तीन लाख पुरस्कार रहेको छ । यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही २० हजार तथा प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ लाई पाँच हजार प्रदान गरिनेछ । प्रतियोगिता कात्तिक १० गतेसम्म चल्ने छ ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजित यो प्रतियोगिताले रुपन्देही मात्र नभई नेपालकै क्रिकेटको विकासमा महत्त्वपूर्ण भूमिका निभाउने आयोजकको अपेक्षा रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  १० : १५ बजे

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै