आज २०८१ साल मंसिर ४ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर ४ गते मंगलबारको राशिफल


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर ४ गते मंगलबार तदनुसार सन् २०२४ नोभेम्बर १९ तारिख। चौथी तिथि। मंगलचौथी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : छिटो बोल्ने बानीले घाटा हुनेछ। बन्धुको साथमा कामको सुरुवात गरेमा सफल बन्नेछ। औषधी नियमित नगर्ने बानीले रोगले सताउने जोखिम छ। राजनीतिक संगठनमा तपाईंको पहुँच विस्तार हुनेछ। वैदेशिक रोजगारीबाट फाइदा हुनेछ।

वृष : तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। कृषिको व्यापारमा फाइदा हुनेछ। लगानीका लागि भने हिम्मत गर्नुपर्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। साथीभाइको समर्थनले तपाईंको बोली बिक्नेछ। आफन्त नै विपक्षी कित्तामा पुगेकाले सचेत बन्नु राम्रो हुनेछ। ठुलो लगानी गर्नु अगाडि परिवारमा सल्लाह लिनु राम्रो हुनेछ।

कर्कट : बोल्नु अगाडि सचेत बन्नुपर्ने देखिन्छ। स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा गरेको मेहनतको फल प्राप्त हुनेछ। प्रतिपक्षी समूहसँग सचेत बन्नुपर्ने समय आएको छ। परिवारको साथ र सहयोग मिल्नेछ।

सिंह : गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। साना कुराले मनमा पीडाबोध हुनेछ। आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढेमा फाइदा हुनेछ। परिवारको मर्म बुझ्न नसक्दा खटपटी हुनेछ।

कन्या : दिन सहज छ। राम्रो काममा आँट गरेको भए साथीभाइको सहयोग मिल्नेछ। सवारी साधानमा पूर्वको यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

तुला : दिन सहज छ। बन्धुको सहयोग लिएर अगाडि बढेमा ठुलाठुला काम बन्नेछन्। लामो समयदेखि स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ। परिवारले तपाईंलाई अप्ठेरो परिस्थितिमा राम्रो साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : मनमा लागेको कुरा सार्वजनिक गर्दा अप्ठेरो परिस्थिति सिर्जना हुनसक्छ। सोचेर अगाडि बढ्नु राम्रो हुनेछ। बौद्धिक व्यक्तित्त्वसँग सल्लाह लिएमा दिन सहज बन्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : दिन राम्रो छ। आफन्तको साथ मिल्नेछ। अर्काको विश्वास गर्दा घाटा हुनेछ। अभिभावकको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। मन प्रशन्न हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ।

मकर : दिन सामान्य छ। अचानक सम्पत्ति खर्च हुनसक्छ। खर्च कटौती गर्नुपर्नेछ। तपाईंको मन विदेशतर्फ आकर्षित देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यले तपाईंको काममा निगरानी गर्ने भएकाले सचेत बन्नुपर्नेछ।

कुम्भ : मध्यसाढेसाती दशा भए पनि शुभग्रहको बहुमत रहेकाले दैनिकी सहज बन्नेछ। पठनपाठनमा ढिलासुस्ती हुनेछ। राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ। बिहान शिवको भजन सुनेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

मीन : दिन समान्य छ। आज ठुलो लगानी नगर्नु राम्रो हुनेछ। काममा बाधा पर्ने भएकाले गणेशको पूजा गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ। हरेक काममा परिवारले राम्रो साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ५ : ०८ बजे

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो