पञ्चेबाजा संरक्षणमा कला केन्द्र सक्रिय  « Khabarhub

पञ्चेबाजा संरक्षणमा कला केन्द्र सक्रिय 


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । दाङको गढवा गाउँपालिका–६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो ।

पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रम, भेला तथा सम्मेलनमा पञ्चेबाजा बजाउन केन्द्रका प्रतिनिधि सहभागी हुन थालेका केन्द्रका अध्यक्ष दयाराम थापाले बताए । परम्परागत महत्व बोकेको पञ्चेबाजा संरक्षण र प्रवर्द्धन गर्दै युवापुस्तामा सीप र कला हस्तान्तरण गर्ने उद्देश्यले बाजा संरक्षण अभियानमा जुटेको उनको भनाइ छ ।

जिल्लामा आयोजना हुने प्रायः विवाह, व्रतबन्ध, चौरासी, विभिन्न सभासमारोहमा बाजा बजाउने जनशक्ति अभाव हुन थालेपछि केन्द्रको सक्रियतामा सीप सिकेर अभियान सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले जानकारी दिए । यसले युवामा चासो बढ्नुका साथै कला नयाँ पुस्तामा हस्तान्तरण समेत हुन थालेको उनले बताए ।

लोप हुन लागेको परम्परा बोकेको पञ्चेबाजा संरक्षणमा स्थानीय युवा पनि सक्रियताका साथ जुटेको देख्दा खुसी लागेको ६३ वर्षीय थापाको भनाइ छ । बुढेसकालमा अरु गर्न नसके पनि आफूले जानेको सीप युवालाई सिकाउँदै बाजा संरक्षण, परम्परा जगेर्नाका साथै आयआर्जनमा पनि सहयोग पुगेको उनको भनाइ छ  ।

गढवा–६ बालापुर निवासी अध्यक्ष थापाले विसं २०७६ देखि स्थापना भएको पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रले अहिले पनि सक्रियताका साथ अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

पञ्चेबाजा बजाउनकै लागि केन्द्रका प्रतिनिधि दाङसहित काठमाडौं, बर्दिया, चितवनलगायत अन्य जिल्लाहरूमा पनि जाने गरेको केन्द्रका अध्यक्ष थापाले अनुभव सुनाए ।

गढवा–६ का ओमप्रसाद आचार्यले बुढापाकाले सञ्चालन गरेको पञ्चेबाजा संरक्षण अभियानमा युवापुस्ताले पनि सहयोग गर्दै आएको बताए । समूहमार्फत काम गर्दै आएकाले यसले पुस्तान्तरण हुँदै गएको उनको बुझाइ छ । ‘कहिलेकाहीँ पञ्चेबाजाको माग धेरै ठाउँबाट एकै पटक आउने गरेको भन्दै आचार्यले पहिलोपटक हेर्न आउनेले ब्राह्मणले बाजा बजाएको देखेर अनौठो मान्नुहुन्छ’, उनले भने ।

केन्द्रका सदस्य चूडामणि खनालले बाजा बजाएबापत समूहले जिल्लाभित्र एक पटकको २५ हजार र जिल्ला बाहिर जाँदा ३० हजार लिने गरेको जानकारी दिए  । उक्त रकममध्ये पाँच हजार रुपैयाँ कोषमा जम्मा गर्ने र बाँकी बाजा बजाउने समूहका सदस्यले पारिश्रमिकस्वरूप लिने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ७ : ३७ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का