प्रधानमन्त्री ओली र सभापति देउवा छलफलमा, साँझ मन्त्रिपरिषद् बैठक | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र सभापति देउवा छलफलमा, साँझ मन्त्रिपरिषद् बैठक


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार पनि बालुवाटारमा छलफल हुने भएको छ ।

मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएपछि दुई नेता भेट्न लागेका हुन् । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमै हुने छ ।

मन्त्रिपरिषद् बैठकमा ओलीले पर्फर्मेन्स कमजोर भएका मन्त्रीहरूबारे पनि केही बोल्न सक्ने बताइएको छ ।

सोमबार पनि प्रधानमन्त्री ओली र देउवाबीच लामो छलफल भएको थियो । सोमबारको छलफलमा मन्त्रिपरिषद् फेरबदल, प्रधानमन्त्रीको चीन भ्रमण र बीआरआईबारे कुराकानी भएको थियो ।

बालुवाटार स्रोतका अनुसार ठ्याकै कुन विषयमा कसरी दुई नेताले छलफल गरे भन्ने कुराको जानकारी भने छैन ।

बालुवाटार स्रोतले भन्यो, ‘ठ्याकै कति घण्टा छलफल भयो र के के कुरामा कस्तो कुराकानी भयो त्यसको जानकारी दुई नेतालाई मात्र थाहा छ । तर चीन भ्रमणपछि केही मन्त्रीहरू फेरबदल गर्ने सल्लाह भएको बुझेका छौँ ।’

बालुवाटार स्रोतका अनुसार सभापति देउवा र ओलीले पनि केही कांग्रेस एमालेका मन्त्रीहरू परिवर्तन गर्न तयार छन् ।

बैठकमा आफ्ना पार्टीका नेताको धारणा बुझेर दुई नेताहरू बस्ने बताइएको छ । यता सभापति देउवाले बूढानीलकण्ठमा कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापासँग मंगलबार बिहान छलफल गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : ०१ बजे

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय,

संविधान र लोकतन्त्रलाई उन्नत बनाउन प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउनुपर्छ : राष्ट्रपति 

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ

मोरङको रंगेलीमा देखियो हाइनाको बथान

काठमाडौं- मोरङको रंगेलीमा हाइनाको एउटा बथान देखिएको छ । हाइनाको

सडकको कालोपत्र र ढलान सुरु

गलकोट– बागलुङ नगरपालिकाले नगरभित्रका पाँच साना सडकको कालोपत्र र ढलान

भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा शुल्क हस्तान्तरण

चितवन– भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरूको स्वास्थ्य बीमा गर्दै आएको